महिला हिँसा बिरुद्द प्रदेश सरकारको सुन्य सहनशीलताको नीति : मन्त्रि ज्ञानेन्द्र यादव

२५ अशोज ,२०७७
प्रदेश नम्बर २ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रि ज्ञानेन्द्र यादवले सरकारले महिला हिसा बिरुद्ध सुन्य सहनशीलताको नीति लिएको बताउनु भएको छ l अन्त्राष्ट्रिय बालिका दिवसको अवसरमा जनकपुरमा आयोजित मैनावती प्रज्वलन तथा कोण सभालाई सम्बोधन गर्दै मन्त्रि यादवले सो कुरा बताउनु भएको छ l सरकारले प्रदेश सभामा आजै मात्रै बालिका बचाउ बिधेयक दर्ता गराको र अझै कडा कानुन बनाउने वाहाले बताउनु भएको छ l प्रदेश सरकारको अति महत्वपूर्ण योजनाको रुपमा रहेको बेटी बचाउ ,बेटी पढाउ योजना पनि बालिका संरक्षणकै अंग रहेको भन्दै मन्त्रि यादवले प्रदेश २ ले महिला शसक्तिकरणको दिसामा देशकै नेतृत्व गर्न तैयार रहेको बताउनु भएको छ l आफनै प्रहरी संगठन नहुदा केहि समस्या भएको महसुस भएपनि आउदो दिनमा सुधार हुदै जाने वहाले बताउनु भएको छ l देश भरि बढेको बलात्कारको घटना प्रति दुख प्रकट गर्दै मन्त्रि यादवले दोसीलाई कुनै पनि बहानामा उन्कुक्ति दिन नसकिने बताउनु भएको छ l यस अघिएक कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बलात्कारीलाई मृत्यु दण्ड दिनु पर्ने मांग गर्नु भएको थियो l
सो हि कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रहरी प्रमुख धिरज प्रताप सिंहले अपराध नियन्त्रण तथा अपराध अनुसनधानमा प्रहरी अझै ससक्त हुदै गएको बताउनु भएको छ l महिला माथि हमे कुनै पनि हिसा तथा लैंगिक विभेद बिरुद्ध प्रहरी सुन्य सहनशीलताको नीतिमा रहेको भन्दै अपराध नियनत्रणमा सबैलाई सहयोग गर्न आग्रह समेत गर्नु भएको छ l बिगत केहि दिन देखि प्रदेश नम्बर २ सहित देशका बिभिन्न भागमा बलात्कार तथा यौनजन्य घटना बढ्दै गएको प्रति लक्षित गर्दै डि आइ जी सिंहले अपराधीलाई हर हालमा कार्यवाही गरिने दावी गर्नु भयो l कार्यक्रमा प्रदेश सरकारका राज्य मन्त्री योगेन्द्र यादव, प्रदेश सभा सदस्य मह्माद फुलाबाबू ,आर डि सी नेपालका अध्यक्ष पारस हुसैन लगयातका हरुक उपस्थिति रहेको थियो l कार्यक्रम युनिसेफको सहयोगमा ग्रामिण बिकाश केन्द्र गौरले बालिका दिवसको अवसर पारेर आयोजमा गरेको थियो l युनिसेफले जनकपुर सहित आठै जिल्लाहरुमा कार्यक्रम आयोजना गरेको थियो l

Recommended For You

Leave a Reply