देवाही गोनाही नगरपालिकाको कार्यालय भवनको शिलान्यास,यसै बर्ष निर्माण सकिने।

रौतहत,२०७७ कर्तिक १० रौतहटको देवाही गोनाही नगरपालिकाको कार्यालय भवनको निर्माण कार्य सुरु भएको छ।सोमवार सो भवनको शिलान्यास भए सङ्गै निर्माण कार्य सुरु भएको हो। देवाही गोनाही नगरपालिकाका नगर प्रमुख धर्मेन्द्र प्रसाद पटेल र उप प्रमुख परनिया देवि पटेलले सयुक्त रुपमा भवनको शिलान्यास गर्नु भएको हो।गोनाही बजार नजदिकै रहेको पोखरिको उतरी किनारमा स्थानिय हरि राउतले आफ्नो करिब ४५ धुर जग्गा नगरपालिकाको कार्यालय भवनको लागि निशुल्क उपल्बध गराएपछी सो भवन बन्न लागेको हो। भवन शिलान्यास पछि बोल्दै नगर प्रमुख धर्मेन्द्र पटेलले चालू आर्थिक बर्षमै सकिने गरि निर्माणको काम अगाडि बढाइएको बताउनु भएको छ।वाहाले नगरपालिकाको आफ्नी भवन भए पछि काम गर्ने सहुलियत हुने साथै खर्च पनि घट्ने बिस्वास ब्यक्त गर्नु भएको छ। यस्तै निमित्त प्रमुख प्रशासकिय अधिकृत राजदेव रामले भवनको काम गुणस्तरीय र समयमै काम सकिने गरि काम गर्न ठेकेदार कम्पनिलाई निर्देशन दिएको बताउनु भएको छ।भवन शिलान्यासको क्रममा भिन्न वार्डका वार्डाध्यक्षहरु,स्थानिय भद्र भलाआदमी,लगयातको उपस्थिती रहेको थियो ।उक्त भवनको लागि३ करोड २४ लाख ७४ हजार ९ सय ५४ रुपैयामा चौधरी कन्स्ट्रक्सन गौरले ठेक्का कबुल गरेको छ।उक्त भवन ४ तल्ले रहनेछ।

Recommended For You

Leave a Reply