सरकारले नैतिक धरातल गुमाइ सकेको नेता उपेन्द्र यादवको दावि,संघर्श्को लागि जनतालाई तयार रहन आह्वान।

२४ कार्तिक २०७७,रौतहट।।जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले बर्तमान ने क पा नेतृत्वको सरकारले नैतिक धरातल गुमाइ सकेको दावी गर्नु भएको छ।रौतहटको देवाही गोनाही नगरपालिकाको गोनाही बजारमा आयोजित शुभ कामना अदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रमको प्रमुख अतिथिको आशनबाट सम्बोधन गर्दै अध्यक्ष उपेन्द्र यादवले बर्तमान सरकारले आफैले बनाएको सम्बिधान उलंघन गर्दै अगाडि बढेकोले नैतिक रुपमा सरकारलाई रहिरह्ने कुनै अधिकार नरहेको दावी गर्नु भएको छ।” सम्बिधानको प्रस्तावना र धारा ४ मा राज्यको परिभाशाको क्रममा नेपाल संघीय गणतन्तत्रात्मक राज्य हुनेछ भनिएको छ,तर बर्तमान केपि ओलि नेतृत्वको सरकारले नेपाल मात्रै लेख्ने भन्नी उर्दि जारी गरेको छ।यो सम्बिधानको ठाडो उल्लंघन हो” भन्दै नेता यादवले नागरिकको बलिदानी बाट प्राप्त उपलब्धी गम्न नदिन फेरि एक पटक सङ्हर्श गर्नु पर्नेमा जोड दिनु भएको छ।यो सरकारको बिरोध सत्तारुढ दलकै नेताहरुले गरिरहेको भन्दै वाहाले मधेशले अझै ठूलो लडाई लडनु पर्ने बताउनु भएको छ।बर्तमान सरकारका प्रधानमन्त्रीले संघीयता मानेको मात्रै हो,स्विकार गरेको छैन जस्ता अभिब्यक्ती दिदै आएको भन्दै नेता यादवले जनसन्ख्याको अधारमा सता,सुबिधा ,साधन र स्रोतमा भागिदारी को लडाई अझै बाकी रहेको बताउनु भएको छ।सोही नगरपालिकाको नगर अध्यक्ष एवम पार्टिका नेता धर्मेन्द्र पटेलको अध्यक्षतामा आयोजित सि कार्यक्रमका बिच करिब १ हजार ब्यक्ती विभिन्न पार्टी परित्याग गरि ज स पा मा प्रबेश गरेको थियो।कार्यक्रमा पार्टिका हजारौ नेता कार्यक्रताको उपस्थिती रहेको थियो।

Recommended For You

Leave a Reply