सिमा खोल्न निरन्तर दबाब,गौर भन्सार क्षेत्रमा धर्ना।

२८ कार्तिक २०७७,गौर।गौर भन्सार क्षेत्रमा निरन्तर दोस्रो दिन तनाव भएको छ।स्थानियवासिहरुले सिमा खोल्न माङ्ग गर्दै प्रदर्शनमा उत्रेपछी अवस्था तनावग्रस्त बनेको हो।छेउको बाटो समेत बन्द भएपछी भारी सन्ख्यामा स्थानियवासिहरु सिमा खोल्न प्रदर्शनमा उत्रेका छन।प्रदर्शनकारिहरुले जवर्दस्ती ब्यरिकेड हटाई जाने प्रयास गरेपछी प्रहरिले उनिहरुलाई रोकेका थिए।अहिले सो क्षेत्रमा भारी प्रहरी बल परिचालन गरिएको छ।यश अघि लामो समय सम्म सिमा नका बन्द हुदा सिमावर्ती क्षेत्रका नागरिकहरुलाइ सास्ती भएको भन्दै आज गौर भन्सार कार्यालय क्षेत्रमा धर्ना दिइएको छ।नागरिक समाज रौतहटको नेतृत्वमा सर्वदलिय सर्वपक्षिय टोलिले भन्सार क्षेत्रमा आज बिरोध स्वरुप १ घन्टा धर्ना दिएको हो।नागरिक समाज रौतहटका अध्यक्ष जगन्नथ प्रसाद केशरिको नेतृत्वमा प्रदेश सभा सदस्य बाबुलाल साह,गौर नगरपालिकाका नगर अध्यक्ष अजय गुप्ता,नेताहरु रेवन्त झा,अनिल सिंह ,मोहन यादव,राम प्रताप सिंह ,छोटेलाल साह राकेश झा लगयातका ब्यक्तिहरुले धर्ना दिइएकाछन।कोरोना महामारिको बहाना बनाई राज्यले मधेशी नागरिकलाई दुख दिएको बताउदै धर्नामा सहभागी नेता रेवन्त झाले शान्तिपुर्ण रुपम गरिएको बिरोधहरु सरकारले नसुने परिस्थिती झनै असहज हुने चेतावनी दिनुभएको छ।नेता झाले देशै भर लकडाउन खुल्ने ,सबै गतिबिधी सन्चाल्न हुने तर सिमा क्षेत्र बन्द गरेर कोरोना रोक्ने सरकारको निर्णय मधेश प्रतिको पुर्बाग्रह बाहेक केही नभएको बताउनु भएको छ।यस्तै अर्का नेता अनिल सिंहले सिमा नखोलिदा जनजिवन असहज बनेको भन्दै अबिलम्ब सिमा खोल्न माङ्ग गर्नु भएको छ।

Recommended For You

Leave a Reply