लैंगिक हिँसा बिरुद्धको १६ दिने अभियान बिभिन्न कार्यक्रम गरि मनाइदै

l
१७ मंशिर २०७७ , गौर
धर्मेन्द्र कुमार सह
संसार भरि संचालित लैंगिक हिँसा बिरुद्धको १६ दिने अभियान रौतहटमा पनि बिभिन्न कार्यक्रमहरु गरि मनाइदै छ l बिभिन्न गैर सरकारी संघ संस्थाहरु तथा स्थानिय तहले आ आफ्नो कार्य क्षेत्रहरुमा अल`अग् अलग कार्यक्रम गरि अभियान मनाइ रहेको स्थानिय गैर सरकारी संस्था ग्रामिण बिकाश केन्द्र गौरका कार्यकारी निर्देशक आलोक कुमार सिंहले बताउनु भएको छ l प्रत्येक वर्षा २५ नोभेम्बर देखि १० डिसेम्बर सम्म मनाइने १६ दिने अभियान यस बर्ष लैंगिक हिंशा अन्त्यको प्रतिबद्धता , व्यक्ति समाज र सबैको ऎक्यब्द्ध्ता भन्ने मूल नाराका साथ् मनाइदै छ l सोहि क्रममा बुधवार इश्नाथ र परोहा नगरपालिकामा हस्ताक्षर संकलन अभियान सम्पन्न गरिएको हो l सो हस्ताक्षर अभियानको क्रममा हस्ताक्षर गर्दै इशानाथ नगरपालिकाका नगर प्रमुख सन्तोष मेहताले लैंगीकतामा आधारित हिंशाले महिलाहरुको मुलभुत अधिकारबाट बन्चित बनाएको भन्दै आफुहरु रणनीतिक ढंगले अभियान संचालन गर्न लागिपरेको बताउनु भएको छ l आफ्नो नगरपालिकाले महिलामैत्री नीतिहरु बनाएको भन्दै वाहाले बाल बिबाह,दाइजो प्रथा लगयाताको समस्याको कारण महिलाहरु अपहेलित र अपमानित हुनु परेको बताउनु भएको छ l यस्तै परोहा नगरपालिकाका नगर प्रमुख शेख वकिलले महिलाहरु माथि हुने हिंशा नहटे सम्म समृद्ध नेपाल बनाउन नसकिने बताउनु भएको छ l वाहाले कानुन र ब्यबहारमा ठुलो अन्तर रहेकोले पनि लैंगीकतामा आधारित हिंशा अन्त्य हुन् नसकेको बताउनु भएको छ l यस अघि जिल्ला प्रशासन कार्यालय गौरको पहलमा आर डि सी नेपालले सदरमुकाम गौरको बि पी चौकमा मैनवति प्रज्वलन गरेका थिए l

Recommended For You

Leave a Reply