सघन सहरी कार्यक्रम : म्याद सकिने बेला धमाधाम निर्माण

धर्मेन्द्र कुमार सह

रौतहट, २० मंसिर । रौतहटको सदरमुकाम गौरमा संचालित सहरी सघन कार्यक्रमको म्याद सकीनै लाग्दा निर्माण कार्यलाई तीव्रता दिएको छ ल सहरी बिकाश मन्त्रालयबाट स्वीकृत स्मार्ट सिटि परियोजना अन्तर्गत निर्माण भैरहेका सहरी क्षेत्रका नाला ताहा सडकहरुको निर्माण धमाधाम हुन् थालेको हो l सो परियोजनाको अन्तिम स्वीकृत म्याद यहि माघ ८ गते सम्म रहेको छ l गौरलाई स्मार्ट सिटी बनाउने उद्देश्यबाट नेपाल सरकारद्धारा लागु गरिएको परियोजना अनुसार शहरी तथा पूर्वाधार विकास डिभिजन कार्यालय विरगंजबाट ठेक्का सकार गरेर पचपन्न ढुकुटि आश्रय जे भी ले गत २ बर्ष देखि सडक र नालाको क्षेत्रमा काम गर्दै आएपनि विभिन्न बाधा अवरोधका कारण निर्माण कार्य गति लिन सकेको थिएन l पहिलो र दोश्रो प्याकेज गरेर झण्डै एक अर्व ३६ करोडको उक्त परियोजनाको म्याद माघ ८ गते सम्म रहेको हुँदा निर्माण पक्षलाई पटक पटक ताकेता गरेर अबरुद्ध भएको स्थानमा समन्वय गराई निर्माण कार्यलाई तकारुक्ताका साथ अघि बढाउन लागेको गौर नगरपालिकाका नगर प्रमुख अजय गुप्ताले बताउनु भएको छ l पहिलो प्याकेजको लागि करिब ८१ करोड ३५ लाखको सम्झौता भएको थियो भन्ने दोस्रो प्याकेजको लागि ६३ करोड ५२ लाखको ठेक्का सकार गरिएको थियो l पहिलो प्याकेजको म्याद सकी सके पनि अझै निर्माण कार्य जारि रहेको सो आयोजनाको इन्जिनियर कमलमणि खतिवडाले बताउनु भएको छ l ” लामो समयको लकडाउनको प्रभावको कारण काम अबरोध हुदा निर्माणको काम समयमै सम्पन्न गर्न नसकिएको हो, अहिले निर्माणको कार्य संगै म्याद थापाको समेत प्रक्रियामा रहेको छ ” इन्जिनियर खतिवडाले बताउनु भएको छ l वाहाले सरकारले श्रावण मशांत सम्म म्याद रहेको आयोजनाहरुको मात्रै म्याद थपने निर्णय गरेकोले कानुनि अडचनहरु आइपरेको बताउदै वाहाले फाइल मन्त्रिपरिषदमा पठाउने गृहकार्य भैरहेको बताउनु भएको छ l अहिले बरहवा तालमा जारि शौन्दर्यकरणको काम पनि पहिलो प्याकेजमै रहेको थियो l
बाकि समयमै सबै काम गर्न सकिन्छ भन्ने प्रश्नमा इन्जिनियर खतिवडाले स्थानियको अबरोध नभएको खण्डमा काम गर्न सकिने बिस्वास ब्यक्त गर्नु भएको छ l उक्त परियोजनालाई गौरको लागि महत्वाकांक्षी परियोजनाको रुपमा हेरिएको छ l पछिल्लो समयमा गौरको सघन बस्ति भएको स्थानहरुमा पनि निर्माण को काम धमाधाम अगाडि बढाइएको छ l
यता गौर नगरपालिका का नगर प्रमुख अजय गुप्ताले चालु आयोजना सम्पन्न भैसके पछि सडक र नालाको कारण गौर नगर डुवानमा नपर्ने उनले दाबी गरे ।

परियोजनाको सुरुको २ बर्ष सम्म खासै काम भएको देखिएको थिएन तर अहिले नगरको घना बस्तीमा पनि नाला र सडकको कामहरु धमाधम भईरहदा विकासको कार्यमा गति लिएको उनले महसुस गरे ।
व्यवस्थित सडक र नालाको अभावमा बर्षेणी बर्षाको समयमा डुबानको समस्या खेप्न बाध्य रहेको रौतहटको सदरमुकाम गौरमा युद्धस्तरमा सडक नालाको कार्य भईरहेका छन् ।
सामान्य बर्षामा पानीको उचित निकास नहुँदा डुवानको समस्या खेप्दै आएको नगरबासीलाई यसपाली उक्त समस्यामा मुक्ति पाउने विश्वास लिइएको छ । नगरको घनाबस्तीहरुमा नालाको निर्माण संगै सडकलाई अग्लो बनाउने काम यद्धस्तरमा भईरहदा यसपाली उक्त समस्याबाट मुक्ति पाउने गौर नगरपालिकाको प्रमुख अजयकुमार गुप्ताले विश्वास व्यक्त गरेका हुन् ।
सामान्य कुरामा अदालतमा रिट हालेर विकास निर्माणको कार्यमा प्रतिकूल असर पारिरहेको कारण कामले गति लिन नसकेको अवस्थामा चालु बर्ष स्थानियवासीले समेत सहयोग गरेको वहाले बताउनु भएको छ l
नगरको बाहिरी सडक रिंग रोडको निर्माण प्रक्रिया अन्तिम चरणमा रहेको तथा नगरको भित्र बाटोहरुमा विभिन्न समयमा आएको अवरोधहरु विस्तारै मत्थर हुँदै जाँदा निर्माण कार्यलाई तदारुक्ताका साथ अघि बढाइएको आश्रय निर्माण सेवाका प्रोपराइटर रामअश्रे साहले बताए ।

Recommended For You

Leave a Reply