रौतहटको राजपुरमा दुई दिवशिय आखा शिविर सुरु

धर्मेन्द्र कुमार साह
२४ मंशिर २०७७
रौतहटको राजापुर नगरपालिकामा दुई दिवसिय आखा शिविर सुरु भएको छ l कतार चैरिटिको सहयोगमा ग्रामिण बिकाश केन्द्र आर डि सी नेपालको आयोजना र राजपुर नगरपालिका तथा अखा अस्पताल पुरेनावा को सहकार्यमा संचालन भइरहेको दुई दिने निशुल्क आखा शिविरको उदघाटन प्रमुख जिल्ला अधिकारि इन्द्रदेव यादवले गर्नु भएको छ l राजपुर नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको प्रांगणमा आयोजित आखा शिविरमा पहिचान गरिएका मोतियाबिन्दुका रोगीहरुलाई निशुल्क अप्रेशन गरिने आयोजक संस्था आर डि सी का कार्यक्रम संयोजक अरविन्द यादवले बताउनु भएको छ l शिविरलाई उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारि इन्द्रदेव यादवले ग्रामिण क्षेत्रहरुमा यस्तो शिविर आयोजनामा जोड दिनी भएको छ l ” दुर दराजका व्यक्तिहरु अहिले पनि सदरमुकाम सम्म गएर उपचार पाउन सकेको छैन, यस्तो शिविरहरूले घरदैलोमै सेवा दिने भएकोले यस्ता शिविरहरु धेरै भन्दा धेरै आयोजना हुनु पर्छ ” वहाले बताउनु भएको छ ल प्रमुख जिल्ला अधिकारि यादवले आफुले नै राजापुरमा शिविर लगाउन गरेको आग्रह अनुसार शिविर संचालन भैरहेको बताउदै भविष्यमा अझै धेरै शिविरहरु आयोजना गर्न आयोजक संस्थालाई आग्रह गर्नु भएको छ l राजपुर नगरपालिकाको नगर प्रमुख सकिल अख्तरको अध्यक्षतामा सम्पन्न आखा शिविरको उदघाटन सत्रमा बोल्दै आयोजक संस्था आर डि सी नेपालका अध्यक्ष पारस हुसैनले स्वागत मन्तब्य दिनुभएको थियो l शिविर दुई दिन सम्म चल्नेछ l लगतै एक दिने शिविर परोहा नगरपालिकामा समेत आयोजना हुने भएको छ l शिविरले राजपुर, [इशानाथ , परोहा गौर तथा यमुनामाई लगायतका पालिकाहरुका स्थानीयवासीहरु लाभान्वित भैरहेको छ l

Recommended For You

Leave a Reply