नगरपालिकाले तिर्यो नगरभरिकै बिजुली बिल

धर्मेन्द्र कुमार साह
१ पौष २०७७
रौतहटका एक स्थानिय तहले नगर भरिकै बिजुलीको बिल तिरिदिएको छ l रौतहटको फतुवा विजयपुर नगरपालिकाले नगर भरिनै पछिल्लो ३ महिनामा खपत भएको बिजुली बापतको रकम बिधुत प्राधिकरणलाई एकमुष्ट रुपमा तिरी दिएका छन् l फतुवा विजयपुर नगरपालिकाको नगर प्रमुख गोपाल यादवले ३ महिनामा खपत भएको बुजुली बिल बराबरको करिब ३९ लाख बराबरको चेक बिधुत प्राधिकरण मौलापुर शाखामा बुझाउनु भएको हो l नगर भरिकै ८ हजार ६ सय घरधुरीले खपत गरेको बिजुली बिल तिरे पछि प्रतिक्रिया दिदै नगर प्रमुख यादवले अब देखि हरेक महिनाको अन्तिम हप्तामा बिजुली बिल तिरी दिने बताउनु भएको छ l वहाले नगरपालिकाले हरेक नागरिकलाई निशुल्क बिजुली बती उपलब्ध गराउन लिएको नीति अनुसार नगरपालिकाले बिधुत महसुल तिरीदिएको बताउनु भएको छ l सो नगरपालिकाले गत अशोज देखि नगर भरिकै सबैको बिधुत महसुल तिरिदिने नीतिगत निर्णय गरेको थियो l नगरपालिकाको सो प्रयासको मिश्रित प्रतिक्रिया देखिएको छ l कहिले पालिकाको सो कदमको प्रसंसा गरेको छ भन्ने कतिपयले राज्य कोषको दोहनको रुपमा लिएको छ l बिना कुनै तथ्यांक र अधार सबैको लागि योजना लियार नगरपालिकाले भोटको राजनीति गरेको भनिएको छ l

Recommended For You

Leave a Reply