जनता समाजवादी पार्टि रौतहटद्धरा गौरमा बिरोध प्रदर्शन

धर्मेन्द्र कुमार साह
८ पौष २०७७
देशब्यापी आन्दोलनको घोषणा गरेको जनता समाजवादी पार्टि रौतहटले बुधवार सदरमुकाम गौरमा बिरोध प्रदर्शन गरेको छ l संसद बिघटन गर्ने प्रधानमन्त्री के पी शर्मा ओलीको कदम पछि आन्दोलन घोषणा गरेको ज स पा का नेताहरुले बिरोध प्रदर्शन गरेको हो l गौरको बि पी चौकबाट निस्केको जुलुस गौर भन्सार कार्यालय हुदै जिल्ला प्रशासन कार्यालय गौर अगाडि कोण सभामा परिणत भएको थियो l कोण सभालाई सम्बोधन गर्दै ज स पा नेता रेवन्त झाले बर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले देशलाई अधिनायकवादमा लाग्न खोजेको आरोप लगाउनु भएको छ l ओली नेतृत्वले जनयुद्ध , जान आन्दोलन तथा मधेश थरुहट बिद्रोहले प्राप्त गरेको संघियता , गणतन्त्र , समावेशीकरण तथा धर्मनिरपेक्षताका मुद्धालाई समाप्त गरि प्रतिगमन लादन खोजेको आरोप लगाउनु भएको छ l यता जसपा नेता एवं देवाही गोनाही नगरपालिकाको नगर प्रमुख धर्मेन्द्र पटेलले प्राप्त उपलब्धिको लागि सडकनै बिकल्प रहेको बताउनु भएको छ l ” बर्तमान सरकार प्रतिगमनको बाटो समातेको छ l जनताले निर्वाचित गरेकको सार्वभौम अधिकार सम्पन्न सदन बिघटन गर्ने अलोकतान्त्रिक र असंबैधानिक काम गरेको छ ” वहाले आरोप लगाउनु भएको छ l प्रदर्शनको क्रममा प्रदर्शनकारिहरुले के पी ओली मुर्दावाद , संघिय गणतन्त्र जिन्दावाद लगायतका नाराहरु लगाएका थिए l

Recommended For You

Leave a Reply