जसपा रौतहटको मशाल जुलुसमा प्रहरी हस्तक्षेप

धर्मेन्द्र कुमार साह
पौष ११ २०७७
जनता समाजवादी पार्टी रौतहटले गरेको मशाल जुलुसमा प्रहरिले हस्तक्षेप गरेको छ।संसद विघटन गर्ने सरकारी निर्णय बिरुद्ध आन्दोलनमा रहेका जसपा रौतहटले पुर्व घोशित कार्यक्रम अनुसार गौरमा शनिवार बेलुका गौरमा मशाल जुलुस प्रदर्शन गर्ने क्रममा प्रहरिले हस्तक्षेप गरेको हो। गौरको बिपि चौकबाट मसाल जुलुस सुरु हुने बितिक्कै प्रहरिले प्रदर्शनकारीहरु बाट मसाल खोस्ने प्रयास गरेपछी केही बेर अवस्था तनावग्रस्त बनेको थियो।प्रदर्शनकारिहरुले प्रहरिको व्यापक अबरोधका बाबजुद मसाल जुलुस अदालत चौक सम्म पूरा गरि सम्पन्न गरेको थियो। मशाल खोस्ने क्रममा केही प्रदर्शनकारी समान्य घाइते समेत बनेका थिए।प्रधानमन्त्री केपि शर्मा ओलिले संसद बिघटन गर्ने निर्णय गरेपछी आन्दोलनमा उत्रेको जसपाले निरन्तर आन्दोलन गर्दै आएको हो।

Recommended For You

Leave a Reply