आत्मरक्षाका लागी किशोरीहरुलाई दुई दिने तालिम

२४ पौष २०७७
ग्रामिण बिकाश केन्द्र गौरले किशोरीहरूलाई आत्मरक्षासम्बन्धी दुई दिने तालिम दिएको छ । महिला हिंसाका घटना बढ्न थालेपछि सो संस्थाले राजदेवी नगरपालिकाका किशोरीहरुलाई आत्मरक्षा सम्बन्धी दुई दिने आधारभूत तालिम दिएको हो । तालिम शुक्रवार देखि सुरु भएको आयोजक संस्थाका कार्यक्रम अधिकृत मधु कर्णले बताउनु भएको छ l
तालिममा राजदेवी नगरपालिकाभित्रका विद्यालयमा अध्ययनरत कक्षा ९ र १० का ५० जना छात्रा सहभागि छन् । बढ्दो महिला हिंसाका घटनालाई निरुत्साहित गर्न, महिलाको आत्मबल बढाउन तथा आत्मरक्षा प्रति महिलाको अभिरुचि बढाउन तालीम आयोजना गरिएको आर डि सी का अध्यक्ष पारस हुसैनले बताउनु भएको छ l
तालिममा सहभागी किशोरीहरुले आफुलाई अफ्ट्यारो परेको समयमा सुरक्षित हुने उपयाहरु तालिमबाट प्राप्त भएको र तालिममा सिकेका कुरा गाउँघरमा अन्य किशोरीहरुलाई पनि सिकाउने छ l इस्लामिक रिलिफ क्यानाडा र इस्लामिक रिलिफ नेपालको आर्थिक सहयोगमा संचालित समान र न्यायिक समाजको लागि लैंगिक हिंशा न्यूनीकरण परियोजनाको करमा सो तालिम संचालन भएको हो l तालिम राजदेवी नगरपालिकाको ब्रह्मपुरीमा रहेको मा वि ब्रह्मपुरीमा संचालन भैरहेको छ l

Recommended For You

Leave a Reply