सहकारीको बिकाशानै समृद्धिको अधार हो : नगर प्रमुख गुप्ता

धर्मेन्द्र कुमार साह
२६ पौष २०७७
गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले सहकारीको बिकाश समृद्धिको अधार रहेको बताउनु भएको छ l आइतवार सदरमुकाम गौरमा आयोजित सनराइज सहकारी संस्थाको दोस्रो बार्षिक साधारण सभालाई प्रमुख अतिथिको आशनबाट सम्बोधन गर्दै नगर प्रमुख गुप्ताले सो कुरा बताउनु भएको हो l वहाले सहकारीको अबधराणा हामि जस्तो बिकाशाशील देशको लागि अति उपयोगी रहेको बताउदै सहकारीकै प्रयासमा गरिबी निवारण गर्न सकिने र समृद्ध नेपालको परिकल्पना पुरा हुन् सक्ने बताउनु भयो l ” गौर नगरपालिकाले सहकारीलाई प्रबर्द्धन गर्ने नीति लिएको छ ,र हामी प्रत्येक सहकारी संस्थाहरुको बिकाश र प्रगतिको लागि बचनबद्ध छौ ” वहाले बताउनु भएको हो l कार्यक्रमको प्रमुख अतिथिको आशनबाट सम्बोधन गर्दै नगर प्रमुख गुप्ताले सबै निजि क्षेत्रलाई सामाजिक अभिभारा समेत पुरा गर्न आग्रह गर्नु भयो l वहाले सबै सहकारी लगायात सबै निजि क्षेत्रले मुनाफाको न्यनतम भाग पनि सामाजिक क्षेत्रमा लगाए सामाजिक परिवर्तनमा टेवा पुग्ने वहाको भनाई रहेको छ l ” सडक , नाला बनाउनु पर्दैन,त्यो सबै नगरपालिकाले गर्छ तर कमाइको केहि हिस्सा सामाजिक काममा खर्च गर्दा यसले संस्थाकै फाइदा हुने छ ” वहाको भनाई रहेको छ l वहाले सहकारी आम नागरिकको पुजी जम्मा हुने थलो भएकोले सो को सुरक्षाको पनि ग्यारेन्टी आवस्यक रहेको बताउनु भयो l नगरपालिकाले ऎन कानुनको आधारमा सबै सहकारी संस्थाको अनुगमन गर्ने बताउदै वहाले नियम बिपरितको गतिबिधि संचालन भएको फेला परेमा कारवाही समेत गरिने चेतावनी दिनु भयो l सोहि कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख किरण ठाकुरले सहकारी बडो पवित्र संस्था रहेको बताउदै सोको गरिमा कायमै राख्नु पर्नेमा जोड दिनु भयो l वहाले गाउ गाउमा सहकारी, घर घरमा रोजगारी भन्ने नारा पुरा गर्नु पर्ने अभिभारा सबैको काँधमा आएको बताउनु भएको हो l साधारण सभाको खुल्ला सत्रका बीच सनराइज बित्तिय कारोवार गर्ने सहकारी संस्थाका अध्यक्ष असरफ अलिले संस्थाका लेखाजोखा र सचिव मौजेलाल साहले आर्थिक बर्ष २०७६ .०७७ को संस्थाको नाफा नोक्सान बिबरण प्रस्तुत गर्नु भएको थियो l

Recommended For You

Leave a Reply