रौतहटमा सामुदायिक बिधालयहरुको अवस्था :कतै शिक्षक छैन , कतै बिधार्थी भुइँमै

धर्मेन्द्र कुमार साह
२ माघ २०७७
रौतहट सदरमुकाम गौर नगरपालिकाको पूर्वी सिमाना संग जोडिएको स्थानिय तह हो राजदेवी नगरपालिका l सदरमुकाम नज्दिकै रहेको र बौद्धिक रुपमा सम्पन्न मानिने सो नगरपालिकाका सामुदायिक बिधालाय्हरुको अवस्था भन्ने उदेक लाग्दो छ l राजदेवी नगरपालिका वार्ड नम्बर ४ गडहिया टोलको बागमती किनारमा रहेको आधारभूत बिधालयको कथा निकै रोचक छ l ५ कक्षा सम्म पढाइ हुने सो बिधालयमा ४ ओटा कक्षा कोठ्ठा र तिन जना शिक्षक मात्रै रहेको छ l अझै रोचक त के छ भन्ने बाकि दुइटा कक्षाहरुमा सोहि बिधालयमा कार्यरत्त पियनले पढाइदिने गरेको छ l करिब १५० जना बिधार्थी अध्यनरत रहेको सो बिधालयमा १३ ओटा बस्ने बेन्च डेस्क रहेको छ l एउटा बेन्चमा सरदर ४ जना बस्ने गरि हिसाब गर्दा पनि ५२ जना भन्दा धेरै बिधार्थी बेन्चमा बस्न सक्ने अवस्था छैन l न त बिधालयमा शिक्षक रहेको छ न त कक्षा कोठानै l अनि पर्याप्त बेन्च डेस्क नहुदा बिधार्थिहरु भुइँमै बसेर पढ्न बाध्य रहेका छन् l माध्यमिक शिक्षा सम्मको सम्पुर्ण जिम्मेवारी सम्बन्धित स्थानिय तहमा आइसकेको ३ बर्ष भन्दा धेरै भइ सक्दा समेत रौतहटका अधिकांस सामुदायिक बिधालायाहरुको अवस्था माथि चर्चा गरिएको बिधालयको भन्दा पनि जिर्ण रहेको छ l अधिकांश बिधालयमा बिधार्थीको संख्या अनुसारको शिक्षकको अभाव रहेको अवस्थामा बेन्च डेस्कको ब्यबस्थापन पनि हुन् सकेको छैन l कतै बिधार्थी अभावमै बिधालय नखुल्ने समस्या छ त कतै शिक्षकनै बिधालय नजादा बिधालयको ताला खुल्दैन l दुर्गा भगवती गाउपालिकाको वार्ड नम्बर ५ को दलित टोलमा अर्को आधारभूत बिधालय रहेको छ l चारै तिर दलित बस्ति अनि बिचमा दुइ कोठे जर्जर अवस्थामा रहेको पक्कि घर l घरमा लेखिएको छ प्राथमिक बिधालय बडहर्वा l तर बिधालय भन्ने प्रधानाध्यापकको मुड अनुसार खुल्छ l बिधालय रहेको बस्तीको छेउकै गाउमा सो बिधालयको प्रध्यानाध्यापकको घर छ l तर उनि सदरमुकाम गौरमा बस्ने गरेको र उनको मुड भएको दिन मात्रै बिधालय आउने गरेको स्थानिय उमेश रामले बताउनु हुन्छ l ” एक त दलित बस्ति , पढाइ प्रति कसैको चासो हुने कुरै भएन , त्यसमा पनि उपल्लो जातको प्रधानाध्यापक l काम नभएको दिन बिधालयमा आउनु हुन्छ ” वहाको भनाइ रहेको छ l दुइ कोठे भवनमा ५ कक्षा सम्मको पढाइ,त्यसमा पनि शिक्षकको अनुपस्थितिले सो बिधालयको शिक्षा अवस्थाको कथा बताउछ l सो बिधालयमा पनि एक रोचक कथा छ l बिधालयमा जम्मा प्रधानाध्यापक सहित जम्मा ४ जना शिक्षक छन् l त्यस मध्ये प्रध्नाध्यापककै घरको वहा सहित ३ जना सो हि बिधालयमा कार्यरत रहेका छन् l राजदेवी नगरपालिका वार्ड नम्बर ३ घर भएका प्रधानाध्यापक शिव शंकर श्रीवास्तव सहित उनको छोरी र श्रीमती समेत सोहि बिधालयमा शिक्षक पदमा जागिरे रहेको छ l उनिहरु पनि प्रधानाध्यापकको जस्तै मुड भएकै दिन बिधालय आउने गरेको छ ल बिधालयमा पुरानो ७ ओटा बेच रहेको अवस्थामा बिधालय खुलेको दिन बिधार्थिहरु भुइँमै बसेर पढ्न बाध्य हुन्छन l सो बिधालयमा पनि एक जना शिक्षक र एक जना पियनको भरमा पठन पाठन हुने गरेको स्थानिय राधेश्याम साहले बताउनु भएको छ l ” पियनको भरमा संचालन हुने बिधालयमा शिक्षाको गुण्स्तरियताको कुरा गर्नु उचित होइन l दलित वस्तीमा सरकारको ध्यान केवल चुनावको बेला पुग्ने गरेकोले तत्कालै सुधार हुने अवस्था पनि रहेको छैन ” वहाको भनाइ रहेको छ l तर सो वार्डका वार्ड अध्यक्ष धर्मनाथ चौधरीको तर्क फरक छ l वहाले बिधालयको भौतिक संरचना जिर्ण रहेको स्वीकार गर्दै सो को लागि समुदाय पनि त्यतिक्कै जिम्मेवार रहेको बताउनु हुन्छl ” बिधालयमा नामको लागि नामांकन गराइदिने तर बिधालयमा बिधार्थीनै आउन नमानेपछि समस्या देखिएको हो ” वहाले बताउनु भएको हो l उनले छात्रवृति आउने समयमा बिधार्थी देखिने तर बाकि दिन बिधालयमा बिधार्थीको उपस्थिति कमजोर देखिएको वहाको भनाइ रहेको छ l उनले एउटै घरको प्रधानाध्यापक सहित ३ जना शिक्षक कार्यरत रहेको स्वीकार गर्नु भएको हो l इशानाथ नगरपालिका रौतहटको पश्चिम दक्षिण भारतीय सिमा संग जोडिएको नगरपालिका हो l सोहि नगरपालिकाको क्रान्ति प्रा बि जोकहाको अवस्था पनि उस्तै रहेको छ l ४ कक्षा सम्म पढाइ हुने सो बिधालयमा प्रधानाध्यापक सहित जम्मा २ जना शिक्षक मात्रै रहेको छ l ४ कक्षा सम्मको पढाइको लागि २ जना मात्रै शिक्षक भएपछी बिधालयमा गुणस्तरीय शिक्षाको आसा नराखेको स्थानिय अरुण ठाकुरले बताउनु भएको छ l वहाले यस्ता बिधालयहरुले शिक्षकको तलब दिनु भन्दा बढि केहि गर्न नसकेको बताउदै यस्ता बिधालयहरुलाई नजदिकको बिधालयहरुमा मर्ज गर्नु पर्नेमा जोड दिनु भएको हो l ” बिधार्थीको संख्या स्थिर हुदैन , कहिले बढ्ने कहिले घट्ने भइ राख्छ , यस्तो बिधालयहरुलाई मर्ज गर्न नसकिए राज्यको लगानी डुब्दै जाने छ ” वहाको तर्क रहेको छ l सो बिधालयमा पनि पर्याप्त बेन्च डेस्कको ब्यबस्था नहुदा बिधार्थिहरु भुइँमै बसेर पढ्ने गरेको छ l सो नगरपालिकाको वार्ड नम्बर ९ लौतानामा रहेको महेन्द्र राय यादव प्राबिको कथा पनि फरक छैन l ४ कक्षा सम्म पढाइ हुने बिधालयको लागि जम्मा २ कोठे झुप्रो परेको घर रहेको छ l कक्षा कोठाको माथि छानो पनि उडेको छ l बिधालयमा न त कार्यालय घर छ न त शौचालय नै l प्रधानाध्यापक सहित ३ जनाको दरबन्दीमा सो बिधालय संचालमा रहेको छ l बर्षौ देखि जिर्ण रहेको सो बिधालय स्थानिय तह आएपछि सुधार हुने आशा पनि समाप्त भएको स्थानिय स्मिथ राजाका बताउनु हुन्छ l इशानाथ नगरपालिकाको केन्द्र औरियामा रहेको छ l अनि सोहि गाउमा हनुमान प्रा बि बिधालय रहेको छ l ५ कक्षा सम्म पढाइ हुने सो बिधालयमा एउटा ४ कोठे भवन रहेको छ l त्यो बिधालय पनि २ जना शिक्षककै भरमा संचालन हुदैआएको हो l “बिधालायाहरुको अवस्था साह्रै जिर्ण रहेको छ l तर आलोचना भन्दा पनि सबैको सहकार्य र सहयोग आवस्यक रहेको छ ” स्थानिय नमिता चौबेको भनाई l यता मौलापुर नगरपालिकाको बिधालयहरुको अवस्था झनै खराब रहेको छ।मौलापुर नगरपालिकाको पतौरामा रहेको अदभुतनाथ अधारभुत बिधालयका बिद्यार्थीहरुलाई प्रत्येक दिन कहाँ पढाइ हुन्छ ,त्योपनी थहा हुदैन।पहिला धर्मशालामा पढाई हुँदै आएको भएपनी पछिल्लो समय सो धर्मशाला धार्मिक कामको लागि प्रयोग हुन थाले पछि कहिले रुखको छाहारी मा त कहैले कसैको घरमा सो बिधालय सन्चालन हुँदै आएको हो।कक्षा ५ सम्म पढाइ हुने सो बिधालयमा दुई जना शिक्षक मात्रै रहेका छन।यस्तै अवस्था राम औतार प्राबी सोनरनियाको पनि छ।कक्षा ३ सम्म पढाइ हुने सो बिधालयमा केवल एक कोठे भवन रहेको छ।परोहा नगरपालिकाको वार्ड नम्बर ८ मा रहेको मोतिपुर टोलमा ५ कक्षा सम्म पढाइ हुने राधा कृष्ण प्रा बि मोतिपुरको भौतिक अवस्था अति दायनिय रहेको छ।छाप्रो समेत नभएको बिधालय भवनमा करिब २०० बिधार्थिको भबिस्य अन्धारमय हुन लाग्दा समेत स्थानिय तहको प्रतिक्रिया देख्न सकिएको छैन।यता माधयिम बिधालयहरुको अवस्था पनि संतोषजनक रहेको छैन।सदरमुकाम गौरमै शिक्षक दरबन्दी अनुसारको जनशक्ती रहेको छैन।दरबन्दी अनुसारको शिक्षक नहुदा पठन पाठनमा व्यापक सम्स्या भएको स्थानिय अधिकारिहरुकै प्रतिकृया रहेको छ।गौर नगरपालिकाका नगर प्रमुख अजय गुप्ताले दरबन्दी अनुसारको शिक्षकको अभाव झेल्नु परेको बताउछन् ।उनले आफुहरु नगरकै बजेटले केही करारको शिक्षकको ब्यब्स्था गरेपनी त्यो अपुग रहेको बताउनु भएको छ।यता माधव नारायण नगरपालिकाको मधोपुरमा रहेको माध्यमिक बिधालय माधोपुरमा कक्षा एक र दुईका बिधार्थीहरुलाई भुइँमै बसेर पढ्नु पर्ने बाध्यता रहेको छ।स्थानिय तहहरुले प्रस्तुत गर्ने गरेको नीति तथा कार्यक्रममा शिक्षा प्राथमिकतामा राखेपनी उपयुक्त बजेट ब्यब्स्थापन नगर्दा सम्स्या हट्न नसकेको नागरिक समाज रौतहटका सचिव एवम सेवा निवृत शिक्षक बिजय किशोर झाको भनाई रहेको छ।वहाले शिक्षा स्थानिय तहमा आइसक्दा समेत यस्तो अवस्था आउनु चिन्ताजनक कुरा रहेको बताउदै सबैलाई गम्भीर हुनु पर्ने बताउनु भएको छ।

Recommended For You

Leave a Reply