हानिकारक मूल्यमान्यता न्यूनीकरणका लागि धार्मिक अगुवाहरुलाई प्रशिक्षण

धर्मेन्द्र कुमार साह
९ फाल्गुन २०७७
रौतहटमा परम्परागत हानिकारक अभ्याशहरु न्यूनीकरणको लागि धार्मिक अगुवाहरुलाई प्रशिक्षण दिइएको छ l राष्ट्रिय अन्तरधार्मिक संजाल ललितपुरको आयोजनामा गौरको होटेल सिया पैलेसमा दुई दिने प्रशिक्षक प्रशिक्षण तालिम संचालन भएको हो l परम्परागत हानिकारक मूल्यमान्यताको कारणले महिला र किशोरीहरुले भोग्नु परेको पिडा र लैंगिक रुपमा भएको विभेद हटाउन धर्मगुरुलाई सामाजिक रुपमा परिचालन गर्नको निमित उक्त प्रशिक्षण कार्यक्रम संचालन गरिएको छ l तालिममा बिभिन्न धर्म प्रति आस्था राख्ने धर्मगुरुहरुको उपस्थिति रहेको छ l उक्त दुई दिवशिय तालिम वर्ल्ड भिजनको सहयोगमा संचालन भैरहेको आयोजक संस्था राष्ट्रिय अन्तरधार्मिक संजालका केन्द्रिय कोषाध्यक्ष अरमान हास्मीले जानकारी दिनु भएको छ l

Recommended For You

Leave a Reply