अति बिपन्न परिवारमा बंगुरको बच्चा बितरण

12 चैत्र २०७७
रौतहट जिल्लाको गरुडा नगरपालिकाको वार्ड नम्बर ९ मा अति बिपन्न परिवारमा बंगुर बितरण गरिएको हो । ग्रामीण विकास केन्द्र नेपाल, रौतहट र वल्र्डभिजन ईन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित पोषण र उत्थानशील जिविकोपार्जन कार्यक्रम अन्तर्गत गरुडा नगरपालिका वार्ड नं ९ मा २१ अति विपन्न घरधुरी लाई बंगुर पालन व्यवसायको लागि स्थानीय ,बंगुर बितरण गरिएको हो l प्रत्येक परिवार २ २ ओटा बंगुरका दरले बितरण गरिको हो l
वल्र्ड भिजन ईन्टरनेशनल नेपाल र ग्रामिण बिकाश केन्द्र नेपालको साझेदारीमा गतवर्ष फैलिएको महामारी कोभिड १९ बाट प्रभावित अति विपन्न घरधुरी लाई उनिहरुको जिविकोपार्जन उत्थानका साथै गुमेको व्यवसायमा पुनस्र्थापना गर्ने लक्ष्य राखिएको कार्यक्रम संयोजक राजेश प्रसाद चौधरीले जानकारी दिनु भएको छ ।

Recommended For You

Leave a Reply