कोरोनाको दोस्रो लहर : काठमाण्डौ को निषेधाज्ञा प्रभाव कसैको रोजगारी गुम्यो ,कोहिलाई भोकै बस्ने डर

धर्मेन्द्र कुमार साह
१७ बैशाख
बुधबार बिहानै गौरको मुख्य सडकमा काठमाण्डौ पर्यटक बस गुडिरहेको देखियो l काठ्माण्डौको सडकमा गुड्ने पर्यटक बस खचाखच भरिएको अवस्थामा एकाबिहानै गौरमा देखिएपछि काठमाण्डौबाट नियमित रुपमा संचालन हुने बसले यात्री थेग्न नसकेकोले बिसेस ब्यबस्था गरिएको प्रष्ट बुझिए l सोहि बसबाट काठ्माण्डौबाट फर्केका राजदेवी नगरपालिका वार्ड नम्बर २ निवासी लालबहादुर पण्डित मलिन मुद्रामा झर्दै थिए l कहिरो रंगको पुरानी पैन्ट र रातो धारी भएको सेतो कमिज लगाएका उनको हाथमा ठूला झोला, फोमको म्याट र एउटा कोचिएको बोरा थियो l उनि ति समानहरु सम्हाल्न सकिरहेका थिएनन l उनले उनकै शब्दमा ” डेरा खालि गरेर फर्केको बताउनु भएको हो l ४१ बर्षीय लालबहादुर पण्डित होलि सकेर काठमाण्डौ छिरेका थिए l घर बनाउने काममा कामदारको रुपमा खट्ने उनि सरकारले राजधानी काठमाण्डौमा दुई हप्ते निषेधाज्ञा जारि गरेपछि उनि डेरा खालि गरेर घर फरेका हुन् l “काठमाण्डौमा बस्दा काम नपाइने र भोकै बस्ने अवस्था आउन सक्ने डरले घर फर्केको छु l बसमा टिकेट समेत नपाए पछि १४ सय रुपैया तिरेर आएको छु ” उनले बताउनु भएको हो l उनले गत बर्ष लकडाउनको समयमा काठ्माण्डौमा फसेको घटना सुनाउदै २ महिनाको कठिन बसाई पछि मालबाहक ट्रकमा फर्केको र ६ महिना सम्म डेरा खालि हुदा समेत डेरा मालिकले भाडा नछोडेको ले यस पालि कोठा खालि गरेर फरेको उनि बताउछन l
गाउ फर्केपनि उनको चिन्ता भन्ने घटेको छैन l उनि आफ्नो रोजगारी गुमेकोमा दुखि छन् l ” गत बर्ष लकडाउनको मारले सृजित रिण यस बर्ष झनै बढ्ने हो कि भन्ने तनाव भयो l यस पालि गाउमा लक्डाउन नभएकोले भेटेको काम गर्नेछु तर त्यो कमाइले रिण तिर्न सकिदैन ” वहाको भनाई रहेको छ l
वृन्दावन नगरपालिका वार्ड नम्बर ६ घर भएका ३९ बर्षीय कैलाश राम काठमनडौमा कवार संकलन गर्ने कम गर्नु हुन्छ l तर राजधानीमा निषेधाज्ञा लागेको पुर्व सन्ध्यामा उनि भन्ने आफ्नै गाउ फर्किसकेका छन् l होलि पर्व पछि काठमाण्डौ छिरेका उनि आउदो छठमा मात्रै घर आउने सोच बनाएका थिए l तर कोरोनाको दोस्रो लहर देखाउदै सरकारले राजधानी सहरमा निषेधाज्ञा घोषणा गरेपछि उनि गाउ फर्कन बाध्य भएको हो l उनि कमाएको पैसा पनि कवाड मालिककै जिम्मा छोडि फर्केका हुन् l उनि भन्ने घरमा भोकमरी चल्ने हो कि भन्ने डरले चिन्तित छन् l ” कुनै काम सिकेको छैन , खेतवारिको नाऊमा ३ धुर घडेरी बाहेक केहि छैन के गरि घर चलाउने भन्ने डर भयो ” उनको भनाइ l उनले अबको केहि दिन उनको लागि निकै संघर्षपुर्ण हुनेमा ढुक्क छन् l
यसरि काठमाण्डौमा लगाइएको निषेधाज्ञाको प्रभाव रौतहट सहित देश भरनै परेको छ l कोरोना भाइरस महामारी र त्यसको सङ्क्रमण विस्तार रोक्न लगाइएका लकडाउनको सबभन्दा धेरै घातक असर मानिसहरूको जीविका परेको छ।”यो अत्यन्त खराब अवस्था हो। रोजगारी गुम्नुको अर्थ गरिबी बढ्नु पनि हो। राजधानीको निषेधाज्ञाको कारण रौतहटमा मात्रै पनि हजारौ व्यक्तिले रोजगार गुमाउनु परेको छ l ” नागरिक समाजका विजय किशोर झाको तर्क रहेको छ l उनको शब्दमा राजधानीको निषेधाज्ञाले कयौ परिवार भोकमरीमा पुग्न सक्ने र कयौ व्यक्तिको रोजगार जाने सम्भावना रहेकोले सथानीय सरकारहरुलाई गम्भीर बन्नु पर्ने बताउनु भेकको हो l उनि भन्ने रोजगारी गुमाई घर फर्केकाहरूलाई गाउमै उत्पादनमुलक काममा जुट्नु पर्नेमा जोड दिनु भएको हो l कोरोना महामारीकै कारण देखाउदै बिधालयहरु समेत बन्द हुदा लाखौ बिधार्थिहरुको पठन पाठन बाधित बनेको हो l राज्यले प्रविधिको प्रयोग गर्दै भर्चुअल विधिबाट पठन पाठन संचालन गर्ने बताएपनि जिल्लामा भन्ने सो बिधि उपयोगी हुन् सकेको छैन l

Recommended For You

Leave a Reply