बजारमा कृत्रिम मूल्य वृद्धि भएको गुनासो पछि गौर नगरपालिकाले बजार अनुगमन सुरु गर्यो l

धर्मेन्द्र कुमार साह
१९ बैशाख २०७८
गौर नगरपालिकाले नगर क्षेत्र भित्रका बजारहरुको अनुगमन सुरु गरेको छ l सम्भावित लकडाउनको आडमा बजारमा दैनिक खाद्धय वस्तुको मूल्य अस्वाभाविक रुपमा बढेको जान गुनासो बढेपछि नगरपालिकाले अनुगमन थालेको हो l ब्यापारीहरुले सम्भावित लकडाउन हुने सम्भावनाको बीच पसलारुमा सामानको कृत्रिम अभाव सृजना गरेको र सामानको मुल्यमा वृद्धि गरेको जान गुनासोहरु बढ्दै गएपछि नगरापाल्काले अनुगमन सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत शुभास ठाकुरले बताउनु भएको छ l यस अघि जिल्ला प्रशासन कार्यालय गौरले सबै स्थानिय तहहरुलाई पत्राचार गर्दै आ आफ्ना क्षेत्रका बजारहरुको अनुगमन गर्न आग्रह गरेको थियो l
गौरमा खास गरि किराना ब्यापारीहरुले कृत्रिम अभाव सृजना गरेको र अस्वाभाविक रुपमा मूल्य वृद्धि गरेको गुनासो बढ्दै गएको हो l गौर नगरपालिकाका अधिकृत सरोज कुमार लाल दास ,घरेलु तथा साना उधोगको कार्यालय गौरका प्रमुख जयकान्त झा, प्रमोद बर्मा,जिल्ला प्रहरी कार्यालय गौरका प्रतिनिधि समेतको उपस्थितिमा अनुगमन सुरु भएको हो l अनुगमनेक हप्ता चल्ने छ l

Recommended For You

Leave a Reply