कोविड १९ रोकथाम तथा नियन्त्रणको लागि प्रदेश नं २ सरकारलाई वल्र्ड भिजन द्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

२०७८ जेठ १५ ,
देशभरी कोरोना भाइरस दोस्रो लहरको संक्रमण बढेसँगै वल्र्ड भिजन इन्टरनेशनल नेपालले प्रदेश नं २ सरकारलाई स्वास्थ्यसामग्री सहायता गरेको छ । बालबालिका केन्द्रित संस्था वल्र्ड भिजन इन्टरनेशनल नेपालको ९०दिने कोभिड–१९ दोस्रो लहर आपत्कालिन प्रतिकार्य परियोजना अन्तर्गत प्रदेश नं २ का रौतहट, महोत्तरी,सर्लाही र धनुषाजिल्लाहरूमा कोभिड–१९ अस्पताल तथा स्थानियतहका स्वास्थ्य सेवाप्रदायक लाई लक्षित गरी ४१० थान अक्सिजन सिलिण्डर, ७ वटाअक्सिजन कन्सन्ट्रेटर, ३१० थान इन्फ्रारेड थर्मामीटर, ३१० थान पल्स अक्सिमिटर, ३६० पीपी सेट२ नं प्रदेश सरकारलाई हस्तान्तरण गरेको हो । महोत्तरी, सर्लाही र रौतहटजिल्लाको लागि ७०÷७० थानअक्सिजन सिलिण्डर, पीपीसेट, पल्स अक्सिमिटर र १ थानअक्सिजन कन्सन्ट्रेटर, प्रदेश सरकारको लागि १०० थान अक्सिजन सिलिण्डर, पीपीसेट, पल्स अक्सिमिटर र ४ थानअक्सिजन कन्सन्ट्रेटर वितरण भइसकेको र धनुषाको लागि ५० थान पीपीसेट र १०० थान अक्सिजन सिलिण्डर वितरण गर्ने योजना रहेको बताइएको छ । प्रदेश सरकारलाई उपलब्ध गराइएको स्वास्थ्य सामाग्रीहरु मूख्यमन्त्री लालबाबु राउत र सामाजिक विकास मन्त्री नवलकिसोर शाहकोे उपस्थितिमा हस्तान्तरण गरिएको हो । उक्त सामग्रीहरूले वर्तमान स्वास्थ्य संकटका बेला सरकारी स्वास्थ्य सेवाहरूलाई सहयोग पु¥याउने तथा स्वास्थ्यकर्मीहरूको सुरक्षागर्न सहयता गर्नेछन् ।

हस्तान्तरण कार्यक्रममा मूख्यमन्त्री लालबाबु राउतले संकटको समयमा वल्र्डभिजनले प्रदेश सरकारलाई गरेको सहयोग गरेकोमा धन्यबाद ब्यक्त गरे । उनले , “ वल्र्ड भिजन प्रति प्रदेश सरकार आभारी छ । प्राप्त एक करोड छियालिस लाख भन्दा बढीको स्वास्थ्य सामाग्रीहरुले कोरोनाबाट संक्रमितहरुको जीवनबाँच्नको लागि मद्दत गर्ने बताएका हुन् l । प्रदेश तथा जिल्ला स्तरमा प्रदान गरिएको स्वास्थ्य सामाग्रीहरुको यथोचित प्रयोगको अनुगमन गरिने पनि उनले बताए ।” सामाजिक विकास मन्त्री नवलकिशोर साहले पनि वल्र्डभिनजको सहयोगको प्रंशसा गर्दै आागामी दिनमा सहकार्य तथा समन्वयको रहने जनकारी दिएका थिए l

वल्र्ड भिजनका फिल्ड अपरेसन म्यानेजर, पूर्वफिल्ड कार्यालयका बिनय अमात्यले आफुहरुले
सरकार संग्ग हातेमालो गर्न सहयोग उपलब्ध गराएको बताउदै बिपादाको यस घडिमा वर्ल्ड भिजन प्रदेश सरकार संगै रहेने बताए l

गतवर्ष अप्रिल देखि जुलाई (कोभिड–१९ पहिलो लहरमा) मा वल्र्ड भिजनले आपत्कालिन प्रतिकार्य परियोजनाको स्वास्थ्य, खानेपानीतथा सरसफाई, जीवीकोपार्जन र पोषण, बाल संरक्षण र शिक्षाकार्यक्रमहरु मार्फत नेपाल भरी १०५,००० बालबालिका, १७६,००० वयस्क, ६२,००० घरधुरीहरूलाई तथा १५ लाखमानिसहरूलाई अप्रत्यक्ष सहयोग रुपमा पु¥याएको थियो ।

प्रदेश नं १ को उदयपुर साथै २ नं प्रदेशका सर्लाही, महोत्तरी र रौतहटमा वल्र्ड भिजन इन्टरनेसनल नेपालले स्थानीय साझेदार संस्थाहरु मार्फत स्थानीयतहसँगको सहकार्य तथा समन्वय माजोखिममा रहेका बालबालिका तथा महिलाहरुलाई शिक्षा, स्वास्थ्य तथा पोषण, संरक्षण, जिविकोपार्जन, विपद् व्यवस्थापन, बालमैत्रीअभियान जस्ता क्षेत्रमा विभिन्न परियोजनाहरु मार्फत कार्यक्रम संचालन गरिरहेको छ ।

Recommended For You

Leave a Reply