गौरको साख जोगाउन पूर्वाधार ,धार्मिक ,पर्यटक स्थलको विकास अनिवार्य

राकेश यादव 
कुनै समय रौतहटको सदरमुकाम गौर सेवाग्राहीबाट भरी भराऊ हुने गौर अहिले सुनसान देखिने गरेका छन । राज्य पुनर संरचनाको कारन सदरमुकाममा अवस्थित रहेका सरकारी कार्यालय स्थानीय तहमा गइसकेको कारण गौरमा सेवाग्राहीको उपस्थति न्यून भएका छन ।
गौरमा रहेका मालपोत कार्यालय ,नापी कार्यालय र जिल्ला प्रशासन कार्यालयको शाखा विस्तार भए पछि गौरमा काम गराउन आउने सेवाग्राहीको कमी भएकोले व्यापारमा समेत नकारात्मक असर देखिएको छ ।
ग्रामीण भेगका गा.वि .स. बाट काम गराउनको लागि आउने गरेको सेवाग्राहीको कारण व्यापार फास्ट्याएको थियो अहिले बाजारमा चहल पहल कम भएको कारण होटल व्यवसायी , कपड़ा व्यवसाय लगायतका व्यवसायमा प्रभाव नकारात्मक परेको एक जना होटल व्यवसायी ललन साहले बताएका छन ।
गौरमा रहेको कार्यालयको सेवा केन्द्र गरुडा ,मौलापुर र चन्द्रनिगाहपुरमा स्थापना भएको कारण सदरमुकाममा सेवाग्राहीको चाप न्यून भएको छ । पुरानो बाजार ,नगरपालिकाको रुपमा रहेको गौरको अवस्था वर्तमानमा दैनीय बन्दै गएको छ ।
भारतको सिमाना सँगै टाँसिएको शहरको रुपमा रहेको गौर बाजारमा व्यापारिक दृश्टिकोणले नया व्यवसायी शुरू गर्ने क्रम पनि दिन दिनै घट्दै गएको छ । तस्करीले पनि व्यावसायिक रूपले असर गरेको छ ।

 

बाहिरको ठाऊका व्यापारिले सहजै सामानहरु तस्करीको माध्यमबाट लगिरहेको छ भने स्थानीय व्यापारीलाइ व्यापार गर्न ,सामानहरु ल्याउन समस्या भैरहेको छ । विगतका दिनमा एउटा गाउँको रुपमा परिचित रहेका मौलापुर अहिले विकासमा धेरै अगाडी फड्को मारेको छ ।
सानो झुपड़ीमा २०४८ साल तीर एउटा ,दुइटा होटल हुने ठाउ मौलापुरमा अहिले ठुल ठुल्ला पसल , विभिन्न किसिमका साना उद्योगहरु सञ्चालन भई प्रसिद्द बाजारको चर्चित रहेको छ ! गरुडा को विकास पनि तीव्र भएको छ ।
गौर पछिको दोस्रो नगरपालिकाको रुपमा स्थापना भएको गरुडा अहिलेको अवस्थामा व्यापारिक केन्द्र बनिसकेको छ । तर गौर दिन दिनै खस्किँदै गÞैरहेका छन । गौरका स्थानीय नेताहरु ठूलो लगानीको कुनै उद्योग ,कल कारखाना , कालेज , पर्यटकीय स्थलको विकासमा लगानी नगरेको कारण गौरको अवस्था यस्तो भएको स्थानीय हरुको विश्लेषण रहेको छ ।
गौरमा अदालत रहेको हुदा मुद्दा मामिलाको हिसावले केहि हद सम्म चहल पहल देखिन सकिन्छ ! साविकमा जिल्ला विकास कार्यालय हुदा गौरको होटल ,लाज खचाखच मानिसबाट देखिने गरेको थियो ।
होटेलबालालाइ भ्याई नभ्याई हुन्थ्यो तर अहिले त्यही शाकाहारी होटलबाला ग्राहक आउछ की कुरेर बस्नु पर्ने अवस्थाको सृजना भएको छ ।
माओवादी द्वन्द कालमा अकासिएको गौरको जग्गाको मूल्य स्थानीय तह बनिसकेपछि न्यून भएको छ । अहिले जग्गा खरीद विक्रीको कम पनि प्रभावित भएको छ । गौरको विकासको बाटो जटिल देखि पनि असंभव छैन ।
इतिहास बोकेको बरहवा ताल , पूरेनवा दरबार , बालेश्वरनाथ मन्दिर लगायतका धार्मिक स्थल ,पर्यटकीय स्थल ,खेल मैदान को लागि गौर राईस मिलको जग्गा रहेका छन ! सकारात्मक सोच लिएर सवै राजनितिक दलका नेता अघि बढेमा गौर पुनः गौर बन्न सक्छ होइन भने आजको गौर भोलिका दिनमा इतिहासमा सिमित हुन पुग्छ ।
पूर्वमा बागमती ,पशिचममा लालबकैया दुइ ठुल्ला नदीको विचमा अवस्थित रहेको गौरको दक्षिणमा भारत रहेको छ ।
गौरको विकासको लागि शिक्षा ,खेलकूद मैदान , धार्मिक स्थलको विकास सौन्दर्यकरण , ठूलो उद्योगको स्थापना , पहिलाको लोप हुदै गएको सड़कको निर्माण , गौरको चारै तीरबाट रिंग रोड ,बाईपास , बाहिरको पर्यटक भित्रियाउनको लागि रमणीय स्थलको निर्माण गर्नु पर्ने आवश्यक भएको जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख अनिल केसरीको सुझाव रहेको छ ।
नगरको विकासको लागि दलगत स्वार्थबाट माथि उठेर विकासको भावना लिएर अघि बढ्नु पर्ने देखिन्छ । आजको गौर भोली स्वदेश तथा बिदेशमा पहिचान हुने खालको गौर बनाउन स्थानीय नागरिक समाज ,बुद्धिजीवी , व्यापारी ,शिक्षक ,उद्योगपति ,संपन्न व्यक्तिलाइ दीर्घकालीन योजना ,फलदायी योजनामा लगानी गर्नु पर्ने आवशयकता रहेको छ ।
गौरको विकासको लागि एक मात्र विकल्प पूर्वाधार , औधोगिक ,धार्मिक ,सांस्कृतिक , शिक्षा ,स्वास्थ्य , कृषि , प्राविधिक विकास रहेको छ ।

Recommended For You

Leave a Reply