
२१ साउन,रौतहट
लालबकैया नदिले तटबन्ध कटान गर्न थालेपछि रौतहटको पच्छिमी भेगका बासिन्दा त्रसित भएका छन् । जिल्लाको मौलापुर नगरपालिका वडा नं १ मर्यादपुरको विनवाटोल घाट स्थित बकैया नदिको बाढीले तटबन्ध कटान गर्न थालेपछि नदि छेउछाउका बासिन्दा बाढीले गाउँ डुवानमा पर्ने भन्दै त्रसित भएका हुन् । बाढीले तटबन्धलाई व्यापक रुपमा कटान गरेको छ । तुरुन्त तटबन्ध कटानलाई नियन्त्रण गर्न नसके बाढीले त्यस भेगका मौलापुर र फतुवा बिजयपुर नगरपालिकाका मार्यादपुर, शितलपुर बैरगनिया, घुसुकपुर लगाएत दर्जनो गाउँ डुवानमा पर्ने खतरा रहेको छ । अहिले वर्षातको समय भएकाले नदिमा जतिखेर पनि बाढी आएर तटबन्धलाई भत्काएर आफहुरुको गाउँमा बाढी पस्ने भन्दै स्थानीयहरु त्रसित भएका छन् । तटबन्धलाई समयमै नियन्त्रण गर्नको लागि नदि नियन्त्रण कार्यालय देखी लिएर सम्बन्धित निकायलाई पटक पटक भन्दा पनि कुनै वास्ता नगरेको स्थानीयहरुले बताएका छन् । नदि नियन्त्रण कार्यालयकै लापरवाहीका कारण आफुहरुको गाउँ डुवानको खतरामा रहेको उनिहरुले बताएका छन् ।