
रौतहट , साउन २३
रौतहट जिल्लाको देबाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेलले सकारात्मक सोंचनै समृद्धिको आधार रहेको बताउनुभएको छ l बुधवार रौतहट सदरमुकाम गौरमा आयोजित एक कार्यक्रमका बीच मेयर धर्मेन्द्र पटेलले सो कुरा बताउनु भएको हो l रौतहट जिल्ला बाट संचालन हुन् लागेको युवा अभियान डट कम अनलाइन पत्रिकाको बिमोचन गर्दै मेयर पटेलले समाज अहिले परिवर्तनको चरणमा रहेको भन्दै यस मा सबै पक्ष उतिक्कै जिम्मेबार हुनुपर्ने वहाको भनाइ रहेको छ l मेयर पटेलले आफु कार्यभार सम्हाले देखि नै जनताको गुनासो सम्बोधनलाइ प्राथमिकतामा राखेको भन्दै भौतिक संरचना निर्माणको काम पनि अगाडी बढिरहेको बताउनु भएको छ l अहिले स्थानीय तह संचालन गर्न विभिन्न किसिमका समस्या र चुनौती हरु रहेको तर पनि आफुहरु समृद्धि र बिकाशको लागि अगाडी बढी रहेको बताउनु भएको छ l वहाले अहिले सामाजिक संजालहरुमा बिभिन्न किसिमका नकारात्मक यिका टिप्पणी हरु बढेको भन्दै वहाले नकारात्मक सोंचले समृद्धि , बिकाश र सुशासन सम्भव नरहेको बताउ भएको छ l