
अमित ठाकुर।रौतहट।श्रावण २७
रौतहट जिल्लाको गौरमा रहेको राष्ट्रिय बाणिज्य बैंक करार सम्झौता बिपरित चलिरहेका छन।पहिलाको दिन देखि भाडामा चलिरहेको राष्ट्रिय बाणिज्य बैंक अहिले पनि भाडाको घरकै भरमा चलिरहेका छन। सदरमुकाम गौरमा सरकार पछले बैंकको लागि अहिले सम्म कुनै जग्गा किन्न सकेको छैन। करार सम्झौता पत्र अनुसार गौर नगरपालिका वडा नंबर ७ मा रहेको अनिल कुमार पाण्डेको जग्गाको किता नंबर १७३७ र क्षेत्रफल ०-१-० मा एकलौटी घरमा राष्ट्रिय बाणिज्य बैंक राख्ने १० बर्षको करार सम्झौता दुवै पछ बिच मिति २०७३ साल बैशाख १ गते भएको थियो ।तर अहिले कुनै सरोकारवाला ध्यान न गई अहिले सो बैंक सम्झौता बिपरित चलि रहेका छन। बजेट तथा अन्य लेनदेनको काम सोही बैंकको माध्यमले भई रहदा सो बैंकमा सेवाग्राहीहरुको निकै भिड हुने गर्द छन। तर बैंक सम्झौता बिपरित चलिरहदा बैंकको छेउछाउमा रहेको पसलेहरुलाई निकैनै कठिनाइ पोख्नु परि रहेका छन।१० बर्षको करार सम्झौतामा बैंकको छतमुनि सोलार प्यानल र भुई तल्लामा एटीएम मेसिन जडान,जेनेरेटर र पार्किङ गर्ने सम्झौता भएको थियो। तर पार्किङ चहि मेन रोडको बाटोमै भईरहेका छन। तर बैंकको भुई तल्लामा रहेको घरहरु भाडामा लागेका छन।गौरमा सवारीसाधनको चाप बढी भएकोले र बाटोको चौडाइ कम रहेको कारण पार्किङ पछि बाटो जाम बढी हुन थालेका छन। तर करार सम्झौता बिपरित चलिरहदा बैंक माथि अहिले सम्पन्न कसैको ध्यान पुग्न सकेको छैन। सो बैंकले अखिर यस्तो किन गरिरहेको छेउछाउका पसलेहरुले प्रशन उठाउन थालेका छन। बाटोमै सयौं मोटरसाइकल पार्किङ भईरहदा डिउटीमा खटेको एउटा ट्राफिक प्रहरीलाई पनि अफ्ट्यारो हुन थालेका छन। भने अव्यवस्थित पार्किङ कै कारण मोटरसाइकल बढी चोरी हुने सम्भावना बढ्न थालेका छन।यसै बिच ट्राफिक प्रहरीका प्रहरी नायव निरीक्षक दिपेन्द्र कुमार साह संग कुराकानी गर्दा बैंकले पार्किङ गर्ने ठाउँ नदिदा बाध्याता बस बाटोमै पार्किङ भई रहेको छ।यसमाथि कसैको ध्यानाकर्षण न भएको ट्राफिक प्रहरी नायव निरीक्षक साहले जनाएको छ।