
यस बारेमा विद्यार्थी फोरम नेपालका मधेश आन्दोलनका योद्धा एक चर्चित युवा नेता प्रकाश भाई यस युवा अभियान अनलाईन सँग कुराकानी गर्दा भने कि हाम्रो महाअधिवेशनको समय नजिक आईसकेको हुनाले आफु संगठन बिस्तार गर्न मेची देखि महाकाली सम्मको यात्रामा हिडेको हो ।
बिधार्थी युवाको लागि आफुले यसपटक आफै केन्द्रीय अध्यक्षको पदमा उम्मेदवारी दिने पूर्ण तयारीमा लागेको बताए । अबको राजनीतिक क्षेत्रमा युवालाई पनि पार्टीमा लगाएको लगानी अनुसारको मुल्यांकन गर्न सबैसँग अनुरोध समेत गरेका छन ।
लगभग एक दशकको राजनीतिक यात्रा गरेको मधेशीयाले लामो संघर्ष पश्चात जिल्ला लगायत प्रदेश र देशमा आफनो मेहन्तले ठूलो जिम्मेवारी लिनका लागि बिधार्थी फोरम नेपालको केन्द्रीय पदमा चुनाव लड्न लागेको बताउनु भयो ।