राज्य मन्त्री योगेन्द्र यादवद्को पहलमा रौतहटको सामुदायिक बिधालयमा कम्प्युटर बितरण ।

श्रावण २७ रौतहट ।

कुनै पनि विद्यार्थी कम्प्युटरको ज्ञानबाट बञ्चीत नहोस भन्दै प्रदेश नं २ का भूमि व्यवस्थापन तथा कृषि सहकारी राज्य मन्त्री योगेन्द्र यादवको पहलमा रौतहटका सामुदायिक बिधलाय हरुमा कम्प्युटर वितरण भएको छ l रौतहटका निर्वाचन क्षेत्र १ को ख बिधान सभा क्षेत्र बाट निर्वाचित नेता एवं कृषि राज्य मन्त्रि योगेन्द्र यादवले आइतवार रौतहटमै पहिलो पटक बढी मात्रामा विद्यार्थीहरुलाई कम्प्युटर प्रदान गर्नुभएको छ । प्रदेश नं २ का भूमि व्यवस्थापन तथा कृषि सहकारी राज्य मन्त्री योगेन्द्र यादवको पहलमा आइतवार गृह जिल्ला रौतहट क्षेत्र नं १ को सबै मावि र निमावि हरुमा कम्प्युटर प्रदान गरिएकोहो । आधुनीक टेक्नोलोजीको यूगमा कम्युटरको ज्ञानबाट कसैले पनि बञ्चीत हुनु नपरोस भन्दै क्षेत्र नं १ को क र ख का १५ वटा मावि र १० वटा निमाविहरुमा कम्प्युटर बितरण गरिएको हो l प्रदेश नम्बर २ को कृषि तथा सहकारी मन्त्रि शैलेन्द्र साहको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको बीच कम्पुटर बितरण गरिएको हो l
राजेश मेटल क्राफ्टस प्रा.लि.को अनुदान बाट सो कम्प्युटरहरु वितरण गरिएको हो l वितरण कार्यक्रममा राज्य मन्त्रि योगेन्द्र यादव , फोर्सम नेता किरण साह, मेयर धर्मेन्द्र पटेल लगायतका हरुको सहभागिता रहेको थियो l

Recommended For You

Leave a Reply