बागमती नदीमा पानिको बहाव बढे संगै दर्जनो बस्ति जोखिममा

राम बिस्वास मुखिया
रौतहट, साउन २८ – मनसुन सक्रिय भएसंगे बागमती नदि आसपासका दर्जनो बस्ति डुबानमा परेको छ l मनसुन सक्रिय भएपछी चुरे क्षेत्रमा भैरहेको भारी बर्षाको कारण वागमती नदीमा सोमबार पानीको सतह बढेको छ । पानीको सतह बढ्दै गएपछि नदी आसपासका दर्जनौ वस्तीहरु जोखिममा परेका छन्। पानी पर्ने क्रम लगातार जारी रहेका कारण बाढी आउन सक्ने आसंकाले स्थानीहरुकमा त्रास सिर्जना गरेको छ। मौसम पुर्बनुमान महाशाखाले ७२ घण्टा सम्म मध्यम देखि भारि बर्षाको सम्भावना रहेको पुर्बनुमान गरेको छ l अहिले पनि चुरे क्षेत्रमा पानि परिरहेको छ l
वागमती नदीमा सोमबार दिउँसो एक्कासी पानीको बहाव बढे संगैं राजदेवी नगरपालिकाको ब्रहम्पुरी र राजदेवी स्थित जमिन कटान तीव्रभएको छ l नदीमा आएको बाढीले सदरमुकाम गौर सहित नदी आसपासका मुडवलवा, ब्रहम्पुरी, लक्ष्मिपुर वेलविछवा, बसतपुर, सेढवा, माठ लगायतका दर्जन बस्तीमा बाढी पस्ने जोखिम बढेको छ। अहिले नदीले कटान तिव्र गरेपछी बाँध जोखिममा परेको र सम्भावित जोखिमलाइ हेर्दै स्थानीय प्रशासनले सतर्क रहन आम नागरिकलाइ आग्रह गरेको छ l अहिले कटान क्षेत्रमा बास को पाइलिङ्ग भैरहेको स्थानीयवासीले बताएको छ l
बागमती नदीमा आएको ठूलो बाढीका कारण दुवै तर्फ बनाइएको बाँध सम्म बाढीको पानी आइसकेकोले सम्भावित स्थानहरुमा प्राविधिक खटाएर प्लास्टिकको जाली, बोरा र वाँसको समेत व्यवस्था गरेर वडहर्वा, ब्रहम्पुरी, मत्सरी, गढो लगायतका स्थानहरुमा नदि नियन्त्रणको कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले बताए।

Recommended For You

Leave a Reply