डुंगा दुर्घटनाको मृतक परिवारलाई २ लाख राहत २५ हजार क्रिया खर्च दिने प्रदेश सरकारको घोषणा

चञ्चल कुमार झा,
रौतहट । भदौ ११ । प्रदेश नंबर २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले रौतहटको लालबकैया नदिमा भएको डुंगा दुर्घटनामा ज्यान गुमाउने मृतक परिवारलाई २ लाख राहत तथा २५ हजार क्रिया खर्च र घाईतेहरुलाई २५ हजार उपचार खर्च दिने घोषणा गर्नु भएको छ । डुंगा दुर्घटना भएको ठाँउमा स्थलगत निरिक्षण पछि आयोजिते श्रद्धान्जली कार्यक्रममा बोल्दैे मुख्यमन्त्रि राउतले यस्तो घोषणा गरेका छन ।
पप्पु कन्ट्रक्सनको माध्यमबाट निर्माण हुँदै गरेको पुल समयमा निर्माण नहुँदा यस्तो घट्ना घटेका स्थानीयले मुख्यमन्त्री राउतलाई जनाएका छन।
शनिबार साँझ करिब ७ बजे डुंगा औरैया बाट टिकुलीया आउने क्रममा दुर्घटना भएको थियो । डुंगामा सवार रहेका मध्ये २२ जनाको सकुशल उद्धार भएको र ४ जनाको शव बरामद भएको छ भने १ जना अझै हराईरहेको भनिए पनि डुंगा कति जना सवार थियो यकिनन भन्न सकिएको छैन प्रहरी बताए ।मुख्यमन्त्री राउतले आफु प्रधानमन्त्री संग भेटेर पूल बनाउने सम्बन्धमा कुरा गर्ने बताउनु भएको छ l
रौतहटको गौर नगरपालिका-४ टिकुलिया घाटमा शनिबार भएको डुंगा दुर्घटनामा बेपत्ता भएकी १० वर्षीया उस्मा पटेलको सोमबार फेला परेको छ ।भारतको जमुनाह घाटमा भारतीय सुरक्षा अधिकारीले शव फेला पारेका हुन् । प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले घटनामा अझै २ जना बेपत्ता भएको जानकारी दिए । उक्त घटनामा २४ जना पौडिएर बाँचेको थिए । यसै बीच जिल्ला प्रसाशन कार्यालय गौरले मृतक परिवारलाइ उपलब्ध गराउने भनेको १ लाख बराबरको राहत उपलब्ध गराएको छ l डुंगा दुर्घटना हुँदा मृत्यु भएका गौर न.पा. ४ बस्ने शान्ति देवी साह र इश्नाथ न.पा. ३ रुना देवी पटेलको परिवारलाई राहत रकम रु १०००००/- का दरले बितरण गरिएको छ l

Recommended For You

Leave a Reply