
बीस वर्षअगाडि सविता राजभण्डारीले ब्याङ्कक एशियाली खेलकुदमा तेक्वान्दोबाट नेपाललाई पहिलो पटक ऐतिहासिक रजत पदक दिलाएका बेला नेपालमा प्याराग्लाइडिङ खेल भरखर भित्रिएको थियो।
पोखरामै सीमित भएको भए पनि सुरुमा प्याराग्लाइडिङले खेल नभई उडान व्यवसायको रूपमा परिचय बनाएको थियो।
ठिक २० वर्षपछि प्याराग्लाइडिङले जकार्ता एशियाली खेलकुदमा रजत पदकको इतिहास दोहोर्याउन सफल भयो।
पोखराको आकाशमा झन्डै दुई दशकको अनुभवबाट खारिएका खेलाडीहरूले इन्डोनेशियाको पहाडी पर्यटन क्षेत्र गुनुङ मास कुन्काकको आकाशमा त्यो इतिहास बनाएका हुन्।
थपिएको खेल
नेपालका लागि यो ऐतिहासिक पदक कप्तान विमल अधिकारी, विशाल थापा, विजय गौतम, सुशील गुरुङ र युकेश गुरुङले जितेका हुन्।
उनीहरूले पुरुष टिम क्रस्-कन्ट्री इभेन्ट्समा उक्त पदक जितेका हुन्।