बेटी बचाऊ, बेटी पढाऊ’ मुख्य मिसनः मुख्यमन्त्री राउत

२३ भदौ, पोखरा । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ‘बेटी बचाऊ, बेटी पढाऊ’ आफ्नो मुख्य मिसन भएको बताएका छन् । शिक्षामार्फत नागरिकको चेतनास्तर नउकास्दासम्म समाजको विकास हुन नसक्ने राउतले विश्लेषण छ ।

तराई सेवा समाज पोखराले गरेको स्वागत तथा भेटघाट कार्यक्रममा मुख्यमन्त्री राउतले भने, ‘पहिले बेटी पठाऔं, बेटीलाई स्कुल पठाऔं भन्ने मेरो मुख्य मिसन हो ।

यसबारे आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि कुराकानी गरेकने उनले सुनाए । ‘कास्कीको माछापुच्छ्रे गाउँका सबै बालबालिका स्कुल जाँदा मधेसमा नजिकै स्कुल भएर पनि जाँदैनन्’ मुख्यमन्त्री राउतले भनेका छन् ।

मुख्यमन्त्री राउतले महिलालाई प्रोत्साहन गर्नकै निम्ति प्रदेशले बनाउने प्रहरी ऐनमा ५० प्रतिशत महिलालाई सुरक्षित गर्ने बताए । ‘प्रदेश प्रहरी ऐनमा ५० प्रतिशत सिट आरक्षण महिलालाई सुरक्षित हुने गरी ऐन बनाउँदै छु’ उनले भने ।

उनले अघि भने, ‘बद्नाम बनेको मधेसको प्रशासनिक सुधार गर्ने मेरो मिसन छ । गुणस्तरीय शिक्षा मेरो मिसान हो । गुणस्तरीय स्वास्थ्य र रोजगारी मैले लिएको मिसन हो ।’

केन्द्र सरकारको बजेटमा मुख्यमन्त्रीहरू सन्तुष्ट नरहेको उनले बताए । ‘संघीय सरकारबाट कुनै पनि प्रदेशका मुख्यमन्त्री सन्तुष्ट छैनन्’ राउतले भने, ‘प्रदेशलाई अधिकार दिने सवालमा संघीय सरकार तयार देखिइरहेको छैन ।’

पोखरा-जनकपुर सिधा हवाइ सेवा छिट्टै

प्रदेश २ का मुख्यमन्त्री राउतले पोखरा-जनकपुर सिधा हवाइ सेवामार्फत जोडिने बताएका छन् । मुख्यमन्त्री पर्यटकीय सहर पोखरादेखि अर्को सांस्कृतिक पर्यटकीय सहर जनकपुरलाई हवाईमार्फत जोड्ने प्रक्रिया अगाडि बढेको बताएका हुन् ।

राउतले पोखरा-जनकपुर सिधा हवाई सेवामार्फत जोड्न संघीय पर्यटन मन्त्रालय र प्रदेशबीच संवाद चलिरहेको बताए । ‘पोखरा आउने पर्यटकलाई जनकपुर र जनकपुर पुग्ने पर्यटकलाई पोखरा लैजान कसरी सकिन्छ भनेर सोचिरहेका छु,’ उनले भने, ‘पोखरामा बस्नुभएका प्रदेश २ का जति जनताहरु हुनुहुन्छ, तपाईहरु अब काठमाडौं हुँदै घर जानु पर्दैन, सिधै जनकुरबाट घर जानुहुन्छ ।’

अरु प्रदेशसँग पनि जकपुरलाई कसरी जोड्ने भन्ने विषयमा आफू निरन्तर लागिपरेको उनले बताए ।

जनकपुर संस्कृति र परम्परामा समृद्ध रहेको बताउँदै मुख्यमन्त्री राउतले जनकपुरमा कसरी अझै बढी पर्यटक पुर्‍याउने र बसाइँ लम्ब्याउने भनेर आफू लागिरहेको बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणपछि जनपुरमा पुग्ने पर्यटकको संख्यामा उल्लेख्य बृद्धि भएको मुख्यमन्त्री राउतले बताए ।

‘मोदीजीको भ्रमणपछि जनकपुरमा धेरै पर्यटकको आएका छन्, कोही घुम्नलाई कोही बुझ्नलाई’ राउतले भने, ‘जनकपुरमा भारतको सहयोगमा एक अर्व ६० करोड रुपैयाँमा रामायण संग्राहलय बनाउँदै छौं ।

Recommended For You

Leave a Reply