परोहा नगरपालिकामा सामुदायिक सूचना सेवा केन्द्र डेस्कको स्थापना

रौतहट अशोज २१
रौतहट जिल्लाको परोहा नगरपालिकामा सामुदायिक सुचना केन्द्र डेस्कको उद्घाटन भएको छ l यु एन डी पी को सहयोग र ग्रामिण बिकाश केन्द्र रौतहटको आयोजनामा संचालित सामाजिक सद्भाव र लोकतान्त्रिक सहभागिता परियोजना अन्तर्गत उक्त सूचना केन्द्र डेस्कको उद्घाटन गरिएको आयोजक संस्था आर डी सि का कार्यक्रम संयोजक सुनिल गुप्ताले बताउनुभएको छ l आइतवार परोहा नगरपालिकाको कार्यालयमा एक कार्यक्रमका बीच उक्त केन्द्रको उद्घाटन गरिएको हो l ग्रामिण बिकाश केन्द्र रौतहटका अध्यक्ष पारस हुसैनले परोहा नगरपालिकाका प्रमुख शेख वकिललाई सूचना केन्द्रको लागि आवस्यक सामग्रीहरु हस्तान्तरण गर्नुभएको थियो l सो सूचना डेस्कले नगरपालिका र वार्ड कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाइ सहयोग गर्ने कार्यक्रम संयोजक साहले बताउनु भयो l सो केन्द्र संचालन गर्न स्वयंसेवक परिचालन गरिने र यसले स्वयंसेवकहरुको पनि क्षमता अभिवृद्धि हुने वहाले बिस्वास ब्यक्त गर्नुभएको हो l कार्यक्रमलाई सम्बोधन गर्दै परोहा नगरपालिकाका मेयर शेख वकिलले सुचना केन्द्रले सेवाग्राही नागरिकलाई सहयोग पुग्ने र शुसासनको क्षेत्रमा समेत टेवा पुग्ने बताउनु भएको छ l

Recommended For You

Leave a Reply