छठ पर्वमा ३ दिन बिदा दिने गौर नगरपालिकाको निर्णय

रौतहट , कार्तिक १५
आस्था र बिस्वाश्को पर्ब छठको अवसरमा गौर नगरपालिकाले ३ दिने बिदा दिने निर्णय गरेको छ l नगर क्षेत्रा भित्र आआफ्नो मातहतका कार्यालयहरुमा ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कार्कीले जानकारी दिनुभएको छ l बिहिवार एउटा सूचना जारि गर्दै गौर नगरपालिकाले ३ दिने बिदा दिएको जानकारी गराएको हो l ३ दिन सम्म हर्षोउलाशका साथ् मनाइने छठ पर्ब तराई मधेशमा मनाइने प्रमुख पर्ब हो l स्थानीय सरकारको हैसियतमा गौर नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो l यस अघि पनि गौर नगरपालिकाले रौतहट लगायत मधेशमा हुने पर्बहरुको महत्व अनुसार बिदा दिदै आएको हो l छठ पर्वको लागि संघिय सरकारले १ दिन , प्रदे४श सरकारले २ दिन र गौर नगरपालिकाले ३ दिन बिदा दिने निर्णय गरेको हो l गौर नगरपालिकाको यस निर्णयको चौतर्फी प्रशंशा भएको हो l गौर नगरपालिकाले नागरिकको जनभावना अनुसार बिदा को निर्णय गरेर राम्रो संदेश दिएको नगरवाशी विजय किशोर झा ले बताउनु भएको छ l

Recommended For You

Leave a Reply