बैलगाडीमा मोटरसाइकल ठोकिँदा २ जना गम्भीर घाइते ।

अमित ठाकुर।रौतहट।मंसिर ०२। रौतहट जिल्लाको गौर चपुर सडक खण्डमा मोटरसाइकल दुर्घटना हुदा सवार दुई जना गम्भीर घाइते भएका छन। अाज बेलुकी करिब ६ बजेको समयमा चपुर तर्फबाट गौर अाउँदै गरेको ना ४२ प २५८ नंबरको होन्डा साईन मोटरसाइकल बमनाहर नजिक सरुअठा चौकमा लागेको बैलगाडीमा ठोकिँदा मौलापुर नगरपालिकाका मौलापुर टोलका २२बर्षीय हेमलाल साह र १८ बर्षीय श्याम साह घाइते भएका छन। उत्तर चपुर सडक खण्डबाट गौर अाउने क्रममा मोटरसाइकल अनियन्त्रित हुँदा यस्तो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। घाइते मध्ये एकजना हेमलाल साहको एउटा खुट्टा भाँचिएको र छातीमा गम्भीर चोटको कारण सास फेर्नमा समस्या भएकोले गम्भीर घाइते भएको छ। भने अर्को श्याम साहको एउटा खुट्टा भाँचिएको र मुखमम अलि चोट लागेको जिल्ला अस्पताल गौरले जनाएको छ।गौर अस्पतालमा त्यति सुबिधा न रहेकोले थप उपचारका लागि दुवैलाई बिरगंज पठाएको जिल्ला अस्पताल गौरले जनाएको छ। घाइते भएको दुवै जना बिधार्थी रहेको र दुवै जना मध्ये एक जना एचए र अर्को सिएमए गौरमै पढिरहेको उनका एक जना साथीले जनाएको छ।

Recommended For You

Leave a Reply