बि ओ पी बेलबिछवा द्वारा बृद्ध महिलालाइ राशन सहयोग

रौतहट , मंशिर १६
रौतहटको राजदेवी नगरपालिका वडा नम्बर ८ स्थित सशस्त्र प्रहरी बल बी.ओ.पी. बेलबिछवा क्याम्प द्वारा राजदेवी नगरपालिका वडा नम्बर ९ की बर्ष ८० की गरीब एकल महिला कुमारी देवीलाई खाद्यान सहयोग गरिएको छ l आर्थिक अवस्था नाजुक भएका एक जना जेष्ठ नागरिकलाई एक महीना पुग्ने गरि चामल १५ किलो, पीठो, १० किलो, आलु १५ किलो, खाने तेल ६ लिटर, नून ३ किलो सहयोग गरिएको छ।
उक्त सहयोग १ महीना को लागी मात्रै नभएर नियमित रुपमा जीवन भरी सम्म बी.ओ.पी. बेलबिछवा क्याम्प बाट हरेक महीना को राशन खर्च उपलब्ध हुने बी. ओ. पी. बेलबिछवाका सशस्त्र प्रहरी निरीक्षक पशुपति खनालले जानकारी गराउनु भएको छ l
सहयोग उपलब्ध गराई सके पछि प्रतिक्रिया दिंदै सशस्त्र प्रहरी निरीक्षक पशुपति खनालले समाज सेवा राष्ट्र सेवा हो र सबै मिली यस्ता गरीब असहाय हरु लाई सहयोग गरी समाजिक सदभाव कायम राख्नु आवस्यक रहेको बताउनु भएको छ ।
गरीब महिला लाई सहयोग को लागी स्थानीय युवा नवीन कुमार सिंहले पहल गरेका थिए।
गरीब महिला परिवारमा एक्लै रहेकी र वहाँ को कुनै संतान पनि नरहेको , जीवन यापनको लागी कुनै आयश्रोत नरहेको ले ८० बर्ष को उमेरमा पनी बाखरा पालन गरेर जीवन यापन गर्दै आई रहेकी छन् ।
बी.ओ.पी. बेलबिछवाले यी असहाय महिला लाई सहयोग गरेर धेरै सराहनीय कार्य गरेको भन्दै स्थानीय हरु ले धन्यवाद समेत दिएका छन।

Recommended For You

Leave a Reply