गौरमा तिन दिने बेमौसमी तरकारी खेती सम्बन्धि तालिम सम्पन्न

रौतहट । मंसिर ।
रौतहट जिल्लाको सदरमुकाम गौरमा तिन दिने बेमौसमी तरकारी खेती सम्बन्धि तालिम सम्पन्न भएको छ । मंसिर १६ गते देखि कृषि ज्ञान केन्द्रको सभाहलमा कृषकहरु विच सुरु भएको तिन दिने तालिम आज १८ गते सम्पन्न भएको हो । आय आर्जन बढाउनको लागि गौर नगरपालिका वडा नम्बर ५ कोईरी टोलका कृषकहरुलाई तिन दिने तालिम गराईइको कार्यक्रम संयोजक अपिलाल सुनार बताए । गैरसरकारी संस्था माण्डवीले भि एस ओ को सहयोगमा संचालन गरेको तालिमबाट कृषकहरुलाई प्रत्यक्ष फाईदा पुग्ने सहजकर्ताहरुले बताएका छन् । तालिममा राजनारायण यादब,रामचन्द्र पण्डित,सरोज यादब लगायतका सहजकर्ताहरुले सहजीकरण गर्नु भएका थिए । कार्यक्रममा माण्डवीका मनोज यादब,अंशु केशरी लगायतका उपश्थििति रहेको थियो ।

Recommended For You

Leave a Reply