२८९० प्रशासनका शाखा अधिकृतसहित १२ हजार २७ कर्मचारीको समायोजन

काठमाडौँ । सरकारले विभिन्न सेवा/समूहका गरी हजारौँको सङ्ख्यामा कर्मचारी समायोजनको सूची सार्वजनिक गर्दै छ ।

केही दिनअघि नै सार्वजनिक हुने भनिएको प्रशासन सेवा/सामान्य प्रशासन समूहका शाखा अधिकृतसहित विभिन्न सेवा/समूहका उपसचिव तथा अधिकृत गरी १२ हजार २७ जना कर्मचारीको समायोजन सूची आज(आइतबार) राति सार्वजनिक गर्ने तयारी रहेको प्रशासनलाई जानकारी प्राप्त भएको छ ।

यससँगै समायोजित हुने कर्मचारीको सङ्ख्या १३ हजार ६ सय ८ हुने छ । यसअघि ५७ सचिव, ६ सय ७६ सहसचिव र नेपाल प्रशासन सेवा/सामान्य प्रशासन समूहका ८ सय ४८ जना उपसचिवको समायोजन गरिसकेको छ ।
स्रोत

Recommended For You

Leave a Reply