
१७ जेष्ठ २०७६ शुक्रबार
बाल बिबाह बिरुद्धको क्षेत्रमा काम गरि रहेको संघ संस्थाहरुको साझा संगठन जी एन बि बालिका दुलही होइन् संजाल नेपालको नया नेतृत्वको चयन भएको छ l शुक्रवार सम्पन्न भएको बार्षिक भेलाबाट आमा मिलन केन्द्रका अध्यक्ष समेत रहनु भएकी वैजयन्ती कार्कीको अध्यक्षतामा नया कार्य समिति निर्वाचित गरेको हो l बैठकले निर्वाचित गरेको अन्य पदाधिकारीहरुमा बाल कल्याण समाज, मकवानपुरका प्रकाश खतिवडालाइ उप् संयोजक, महा सचिवमा कृपाका आनन्द कुमार तामांग , सदस्यहरुमा सिविन का निरिजना भट्ट ,सोलिड नेपालका अजित आचार्य , जानकी महिला जागरण समाज जनकपुरका बिष्णु कुमार भण्डारी ,संरक्षण समुह नेपालका जेनी पोख्रेल चयन हुनु भएको छ l
यस्तै बैठकले बिधान समेत संसोधन गरेको छ l संसोधित बिधान अनुसार कार्य समिति ७ सदसिय हुने र प्रत्येक प्रदेशबाट १ – १ जना प्रतिनिधि राख्ने ब्यब्श्था गरेको छ l सोहि अनुसार प्रदेश नम्बर १ बाट लखन लाल साह, २ बाट सुनिल यादव , ५ बाट कृष्ण कुमार द्विवेदी चयन हुनु भएको छ l बाकि सदस्यहरु पछि थप गर्ने निर्णय भएको हो l बालिका दुलही होइन् संजाल भित्र १९ ओटा संघ संस्थाहरु रहेको छ ल यो संजाल सन् २०३० भित्र नेपाल बाल बिबाह मुक्त क्षेत्र घोषणा अभियानमा सहोग गर्दै आएको हो l साथै बैठकले नया कार्य समितिलाई संघिय, प्रादेशिक र स्थानिय तहका सरकारहरू, राष्ट्रिय र अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरू र नागरिक समाजसँग मिलेर नेपाल सरकारको बालविवाह अन्त्य गर्ने र दिगो विकासको लक्ष्य हासिल गर्ने प्रतिवद्वता अनुसार सहकार्य गर्ने प्राथमिकता तोकेको छ ।