लोकसेवा आयोगका पदाधिकारीमाथि खनिए प्रदेश नम्बर २ का मुख्यमन्त्री

जनकपुर–प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत लोकसेवा आयोगका पदाधिकारीविरुद्ध खनिएका छन् ।

मंगलबार जनकपुरमा आयोजित दलित सम्बद्ध अगुवाहरुको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले लोकसेवा आयोगका सदस्यले आर्थिक प्रलोभनमा परेर गलत कार्य गरिरहेको आरोप लगाए ।

‘लोकसेवा आयोगका आयुक्त बेइमान छन्, पैसा कमाउन पदमा बसेका छन्’ मुख्यमन्त्री राउतले आक्रोस पोख्दै भने, ‘प्रदेश र प्रदेशभित्रको स्थानीय तहमा कर्मचारी पठाउने अधिकार हाम्रो हो । संविधानको धारा २२७ ले यो अधिकार ग्यारेन्टी गरेको छ ।’
कार्यक्रममा दलित समुदायको प्रशंसा गर्दै उनले भने अधिकार प्राप्तिका लागि दलितहरु आफै सशक्त हुनु पर्ने बताए । दलितहरु आफै सशक्त नभए सम्म अधिकार प्राप्त गर्न नसक्ने मुख्यमन्त्री राउतको भनाई छ ।

प्रदेश सरकार दलित मैत्री रहेको दावी गर्दै उनले दलित सशक्तिकरण ऐन, छात्रवृति योजना, दलित छात्रावासको निर्माण जस्ता कार्यहरुलाई अघि बढाइसकेको उल्लेख गरे ।

सदनमा छलफलको क्रममा रहेको दलित सशक्तिकरण ऐन विश्वकै नमूना रहेको दावी गर्दै मुख्यमन्त्री राउतले ऐन पारित भएपछि दलितहरुको स्वास्थ्य, शिक्षाको ग्यारेन्टी प्रदेश सरकारले दिने बताए । साभार Ratopati.com

Recommended For You

Leave a Reply