माध्यमिक विद्यालय ब्रह्पुरिमा निशुल्क आँखा शिविर

२६ जेष्ठ २०७६ रौतहट
नेपाल सरकार स्वास्थ्य मंत्रालयको आर्थिक सहयोग र गौर आँखा अस्पतालको आयोजनामा विद्यालय आँखा जाँच कार्यक्रम आज बाट राजदेवी नगरपालिका वडा नम्बर ९ ब्रह्मपुरीका श्री माध्यमिक विद्यालयमा सुरु भएको छ। आइतवार बाट सुरु भएको उक्त शिविरमा कक्षा ६ देखी कक्षा १० सम्मका १८३ जना विद्यार्थी हरुको आँखा चेक जाँच गरिएको हो l आँखा जाँचको क्रममा १1 जना विद्यार्थीहरु को आँखामा समस्या देखिए को थियो। ११ जना विद्यार्थीमा टाउको दुःखने, आँखा दुःखने, देखने क्षमता कम भएको ( एस्थोनोपिया , रिफ्रेक्टिव इरर ) जस्ता दृष्टि दोषहरु फेला परेको थियो। दृष्टि दोष भएका विद्यार्थी हरु को २०७६/०२/३२ गते गौर आँखा अस्पतालमा चेक जाँच गरी निःशुल्क चश्मा उपलब्ध गराइने छ। गौर आँखा अस्पताल का नेत्र अधिकृत शम्भु पासवान को नेतृत्व मा आएको टोली मा सुशील पासवान ( आई वर्कर ) र सेख कलाम (काउंसेलर) द्वारा चेक जाँच भएको थियो। भोलि कक्षा १ देखी कक्षा ५ सम्मको विद्यार्थीहरु को आँखा चेक जाँच हुने छ। उक्त शिविर समाजिक अभियंता नवीन कुमार सिंहको पहलमा चली रहेको छ।

Recommended For You

Leave a Reply