निमितको भरमा रौतहटका स्थानिय तह, १८ मध्ये १७ मा कामचलाउ प्रमूख

धर्मेन्द्र कुमार साह
२२ मसिंर २०७७
दरबन्दि अनुसारको कर्मचारी ब्यबस्थापन नहुदा रौतहटका स्थानिय तहहरु निमितको भरमा संचालन हुदै आएकोछ । जिल्लामा रहेका १८ स्थानिय तहहरु मध्ये १७ स्थानिय तह निमितको भरमा संचालन भएको हो ।
सरकारले नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत लागि उप सचिव र गाउ पालिकाको प्रमुख प्रशासकीय अधिकृतको लागी शाखा अधिकृतको दरबन्दी तोकेपनि रौतहटमा गौर नगरपालिका बाहेकको स्थानिय तहहरु निमित्को भरमा संचालन हुदै आएको हो l चंद्रपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत उप सचिव कृष्ण प्रसाद सिग्देल भएपनि वहा शिक्षा तर्फको रहेकोले वहालाई समेत निमितनै भनिएको हो l कतिपय स्थानिय तहहरुमा स्वास्थ्य तर्फको कर्मचारीहरु समेत प्रमुख प्रशासकीय अधिकृत रहेको छ l लेखा अधिकृत समेत प्रमुख प्रशासकीय अधिकृतमा कार्यरत रहेका छन् l सदरमुकाम समेत रहेको गौर नगरपालिकामा उप सचिव सुरेन्द्र प्रधान कार्यरत रहनु भएको छ भन्ने इशानाथ , परोहा, माधव नारायण नगरपालिकामा क्रमश शाखा अधिकृतहरु रामजी जोशी,ओम प्रकाश यादव प्रलाव कायस्थ लगायतकाहरु कार्यरत रहेका छन् . यस्तै राजदेवी ,फतुवा विजयपुर् र गुजारा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा स्वास्थ्य तर्फका सुबोध साह, प्रमोद गुप्ता र नर्मदेश्वर चौधरी काम चलाउ कार्यालय प्रमुखको भूमिकामा बस्नु भएको छ . यस्तै केहि नगरपालिकामा
इन्जिनियरहरु समेत प्रमुख प्रशासकीय अधिकृतको भुमुकामा रहेको पाइएको छ l वृन्दावन, गरुडा , मौलापुर नगरपालिकामा इन्जिनियरहरु नागेन्द्र यादव, मुस्ताक आलम र राम बाबु साह कार्यरत रहनु भएको छ . कटहरिया नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको भूमिकामा लेखा अधिकृत राम प्रकाश साह कार्यारत रहनु भएको छ .बौधीमाइ ,देवाही गोनाही ,राजपुर नगरपालिकामा सुब्बा स्तरका कर्मचारीहरुको भरमा कार्यालय संचालन भैरहेको छ l यसरि दरवन्दी अनुसारको कर्मचारीको ब्यबस्था नहुदा बिकाश निर्माण देखि सेवा प्रवाहमा समेत समस्या देखिएको नागरिक समाजका अगुवा विजय किशोर झाको बुझाई रहेको छ . वहाले आर्थिक प्रलोभनमा परि नगर प्रमुख देखि मन्त्रालय सम्मले कर्मचारीको कृत्रिम अभाव सृजना गरि शुसासन प्रति आघात गरेको आरोप लगाउनु भएको छ . उप सचिवको ठाउमा स्थानिय तहकै सुब्बा खरदार प्रमुख भएको अवस्थामा आर्थिक हिनामिना हुने र नागरिकले स्थानिय सरकारको अनुभूति गर्न नसक्ने वहाको आरोप रहेको छ l यस सम्बन्धमा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीले लोक सेवा आयोग बाट प्राप्त जान शक्ति प्राप्त नभएकोले समस्या देखिएको बताउनु भएको छ . वाहाले कर्मचारीको ब्यबस्था हुने बितिक्कै निमिताको समस्या हटने बताउनु भएको छ.

Recommended For You

Leave a Reply