
धर्मेन्द्र कुमार साह
२३ पौष २०७७
संविधान जारी हुनुअघिदेखि नै शुरु भएको मधेस आन्दोलनलाई उत्कर्षमा पुर्याउन मधेसी नेताहरुले कयौ घोषणाहरु गरि सर्वसाधारण लोभ्याए । आन्दोलनकै क्रममा सहिद भएमा उसका परिवारलाई ५० लाख रुपैयाँ दिने घोषणा पनि गरे । हजारौ सर्वसाधारण आफ्नो ज्यानको बाजी थापेर सडकमा पनि ओर्लिए । तर आन्दोलनका क्रममा मृत्यु भएकाहरुका परिवारको अहिले भने बिचल्ली भएको छ ।शेख मैनुद्दीन ओस्ता मधेश आन्दोलनको क्रममा प्रहरीले चलाएको गोलि लागेर सहिद भए l बिपन्न परिवारकी उनकी श्रीमती समिना बेगमको अहिले बिचल्ली भएको छ ।यो परिवार आर्थिक अवस्थामा निकै कमजोर रहेछ । शहीद शेख महीरुद्दिन ओस्ताका चार भाई रहेछन् । अब तीन भाई बाँकी छन् ।रौतहट जिल्लाको राजापुर नगरपालिका वार्ड नम्बर ४ बलुवा टोल निवासी सहिद मैनुदिन तत्कालिन आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आह्वान गरेको ” चलु गौर,भरु गौर ” को क्रममा सहभागी हुन् २०७२ भदौ २७ गते गौर आएका थिए l सोहि क्रममा गौरको कबिर चौकमा प्रहरिले चलाएको गोलि लागि उनि घाइते भएका थिए l गोलि लागि घाइते भएका मनुद्दिनालाई उपचारको लागि अस्पतालमा भर्ना गरिएपनि उनले राम्रो उपचार पाउन नसके पछि सोहि सालको पुष १९ गते बिरगंजको नारा णि उप क्षेत्रीय अस्पतालमा मृत्यु भएको थियो l पछि राज्यले उनलाई सहिद घोषणा गरि क्षतिपूर्ति स्वरुपको रकम दिएपनि हाल उनको जन जीवन कष्टकर बन्दै गएको हो l उनको घरमा जादा सहिद मैनुद्दिनको श्रीमती समिना बेगम फुसले बनेको घरमा कष्टकर दैनिकीमा ब्यस्त थिइन् l श्रीमान बितेपछिको अवस्थामा कुरा गर्ने बितिक्कै उनि भक्कानिए l ” आन्दोलन चलिरहदा कहिलेकाही नेताहरु घुम्न आए ,संगै फोटो खिचाए l बिस्तारै आस्वासन दिन आउनेको संख्या घट्दै गयो l अब त् कसैलाई मतलब पनि छैन l ” वहाले बताउनु भएको छ l उनले जसरि तसरी गुजारा चालाएको बताउदै छोरा छोरीको उच्च शिक्षा सपना बनेको गुनासो गरिन् l “सुरुमा कहिले नोकरीको आस्वासन दिए , कहिले जीवन धान्न सहयोगको आस्वासन समेत दिए l पछि कोहि सोधखोज नरहेको वहाको गुनासो रहेको छ l वहाले प्रदेश सरकारबाट बाडिएको भनिएको भैसी सहयोग समेत नपाएको बताइन l प्रदेश सरकारले सहिद परिवारलाई दुधालु भैसी बितरण गरेको बताउदै आएको छ l भैसी वितरणको क्रममा भैसी खरिद देखि वितरण सम्ममा भ्रष्टाचार र अनियमितता भएको चर्चा हुदै आएको छ l
सहिद राजकिशोर ठाकुरको घर इश्नाथ नगरपालिकाको वार्ड नम्बर ४ महुलिया टोलमा हो l उनि संबिधान निर्माण प्रक्रियाबाट असन्तुष्ट बनेका तराइ केन्द्रित दलहरु आह्वान गरेका आम हडताल र प्रदर्शनमा सहभागी हुन् गौर आएका थिए l गौरको बिपी चौकमा भैरहेको प्रदर्शन हिंस्रक बन्दै गएपछि अपराहन ३ बजेको करिबमा प्रहरीले गोलि चलाएका थिए l गोलि राजकिशोरको छातीमा लाग्दा उनको घटनास्थलमै ज्यान गएको थियो l उनको मृत्यु हुदा उनको एक ६ महिनाको छोरी सहित घरमा श्रीमती र बुढि आमा बस्दै आएका थिए l हाल उनको श्रीमती गाउकै स्वास्थ्य चौकीमा कार्यालय सहयोगीको रुपमा कार्यरत रहेकिछन l उनको नाममा महुलियामै रहेको भारतीय सिमा संगै एउटा प्रवेश द्वार निर्माधीन रहेको छ l करिब ५ बर्ष देखि सो प्रवेश द्वार निर्माधिन्नै रहेको छ l बिस्तारै आन्दोलनको प्रभाव घटेसंगै सहिद परिवारकै जस्तै प्रवेश द्वार पनि अपहेलित हुदै गएको स्थानीय युवा बिबेक साहको बुझाई रहेको छ l सहिद राजकिशोर ठाकुरको श्रीमती अंशु देवी ठाकुर , श्रीमानको निधनको केहि समय पछि इशानाथ गाउकै स्वास्थ्य केन्द्रमा करारमा कार्यालय सहयोगीको रुपमा काम पाइन् , तर केहि महिना सम्म निरन्तर काम पछि पनि उनले पारिश्रमिक नपाएपछि पिडा झनै थपिएको थियो l पछिल्लो समयमा नगरपालिकाले वहाको पारिश्रमिक नियमित गरेको र सहिद परिवारको हैसियतले पाउनु पर्ने सम्मान समेत गरेको नगर प्रमुख सन्तोष मेहताले बताउनु भएको छ l हाल सहिद राज किशोर ठाकुरको श्रीमतीको जान जीवन केहि सहज देखिएपनि छोरा गुमाएकी आमा बिचल्लीमा परेकी हुन् l
सदरमुकाम गौरमा डेरा गरि बस्दै आएका सम्स तबरेजको प्रहरी फायरिंगमा ज्यान गयो l २०७२ पुष ५ गते गौरमा संबिधान खारेजीको मांग गर्दै ठुलो संख्यामा बिधार्थी र तत्कालिम मोर्चा समर्थित नेता कार्याकर्ताहरु हिंस्रक प्रदर्शन गर्दै थिए ल गौरमा रहेको जुद्ध उच्च मा बि को कक्षा ९ मा अध्यनरत सम्स तबरेज पनि सोहि आन्दोलनमा सहभागी थिए l प्रदर्शन चर्किदै गएपछि प्रहरीले गोलि चलाउन सक्ने गरि सुचना सम्प्रेषण गरे l तर सो सुचना प्रदर्शनकारी सम्म पुग्नु पूर्वनै गौरको बिपी चौकमा रहेका प्रहरीले गोलि चलाए l सोहि क्रममा गोलि लागि ढलेका सम्स तब्रेजलाई प्रहरीले लाठी बुटले समेत हिर्काएका थिए l पछि उनलाई अस्पताल पुर्याउदा सम्म उनको मृत्यु भैसकेको थियो l हालको परोहा नगरपालिका वर्ड नम्बर ३ तेजापाकड घर भएका फोरोज अख्तरले आफ्नो १७ बर्षीय छोराको लाशमाथि बिलाप गर्नु बाहेक केहि उपलब्धि प्राप्त गर्न सक्नु भएन l उनको अन्तिम श्रद्धान्जलीमा बर्तमान प्रदेश सरकारका भौतिक पूर्वाधार निर्माण मन्त्रि जितेन्द्र सोनल समेतका नेताहरु सहभागी भएका थिए l तिनै सहिद परिवारलाइ हाल प्रदेश सरकारले चिन्न छाडेको भन्दै जिल्ला तहमा आक्रोश बढ्दै गएको हो l सहिद तावारेजको बुवा र काका कामको शिलशिलामा भारतको मुम्बैमा छन् l उनको परिवारले समेत प्रदेश सरकारबाट बितरण भएको भैसी नपाएको दावी गर्छन l सहिद तावारेजको हजुर बुवा नुरुल हसनले प्रदेश सरकार बाट कुनै किसिमको सहयोग नपाएको गुनासो गर्नु हुन्छ l ” सहिदकी भरमा प्रदेश सरकार बनेको हो l आन्दोलनकै भरमा नेताहरु मन्त्रि बन्न पाएको हो , तर सहिद परिवारलाई तिरस्कार गर्नु दुर्भाग्य रहेको छ ” उनको भनाइ रहेको छ l उनले संचार माध्यमहरुमा प्रदेश सरकारले जागिर दिने खबर सुन्नेको बताउनु भएको छ l २०७२ साउन २१ मा रौतहट सदरमुकाम गौरमा भएको मधेश आन्दोलनको क्रममा बराहवा ताल नजिक सुरक्षाकर्मीले चलाएको गोली लागि तत्कालिन गा बि स मुडेलवा निवासी विद्यानन्द यादवको मृत्यु भएको थियो । आन्दोलनमा सहिद घोषणा गरी १० लाख पाए पनि यादव परिवारको गुनासा उस्तै छन् । ‘मधेस र मधेसीकै अधिकारको लडाइमा भाइको ज्यान गयो,’ उनको दाई उपेन्द्र यादवको भनाइ रहेको छ l , ‘सहिदको रगत र बलीदानीको कदर भएन । बोलेका कुराहरू पूरा भएनन् । यसमा हाम्रो धरै गुनासो छ ।’विद्यानन्दकी श्रीमती राजकली देवीलाई उतिबेलै सरकारी जागिर दिने सरकारले आश्वासन दिएको थियो ।प्रदेश सरकार गठन भएपछि मुख्यमन्त्री कार्यालयले सहिद परिवारका सदस्यलाई नियुक्ति पत्र समेत दियो । उक्त पत्र सामाजिक विकास मन्त्रालयमा दर्ता गरिए पनि अहिलेसम्म कुनै प्रक्रिया अघि नबढेको यादवको गुनासो छ । आन्दोलनको क्रममा गोलि लागि घाइते बनेका जिउदो सहिद भनिएका लालबाबु पटेल आफुहरुको योगदानको अवमुल्यन भएकोमा दुखि छन् l तत्कालिन समयमा स्थानिय प्रशासनले लगाएको निशेधज्ञा तोड्ने क्रममा भएको झडपमा उनलाई गोलि लागेको थियो l प्रहरीले चलाएको गोलि उनको मुत्रद्द्वारा मा लागेको थियो l लामो समयको उपचार पछि उनि निको भएपनि धेरै काम गर्न सक्ने अवस्थामा छैन l यता सहिद परिवार प्रति प्रदेश सरकारको तर्फ बाट हुनु पर्ने ब्यबहार नभएको भन्दै सत्तारुढ दल जसपाकै नेताहरुले स्वीकार गर्छन l जसपा नेता अनिल कुमार सिंहले सहिद परिवारकै योगदानको भरमा सरकार बनेको स्वीकार गर्दै प्रदेश सरकारले ति परिवार प्रति खेल्नु पर्ने भूमिका खेल्न नसकेको बताउनु हुन्छ l ” सैद्धान्तिक रुपमा धेरै घोषणाहरु भएको सत्य हो, कार्यन्वन्यनमा जोड दिनु पर्ने हो l सरकारी रवैयाले सरकार प्रति आक्र्सोह बढदै गएको छ ” वहाको भनाइ रहेको छ ल तर प्रदेश सरकारका एक मन्त्रीले भन्ने ति आरोपहरु सत्य नरहेको दावी गर्नु हुन्छ l प्रदेश सरकारका भुमि ब्यबस्था कृषि तथा सहकारी राज्य मन्त्रि योगेन्द्र यादवले सबै सहिद परिवारलाई भैसी बितरण भएको हुनु पर्ने दावी गर्नु हुन्छ l ” डाटा कार्यालयमा होला , एक जना सहिद परिवारको नाम छुटेको थियो तर पछि फेरी उनको परिवारलाई भैसी दिन भनिएको थियो l ” वहाको दावी रहेको छ l वहाले प्रदेश सरकारका मुख्यमन्त्रि कार्यालयबाट सबै सहिद परिवारलाई रोजगारीको लागि आसय पत्र दिएको तर सहिद परिवार आफै कार्यालयमा नगएकोले रोजगारी पाउन नसकेको दावी गर्नु भएको हो l