कोरोना संक्रमण बढ्दै गएपछि रौतहटका पालिकाहरु धमाधम बन्द

धर्मेन्द्र कुमार साह
१९ बैशाख २०७८
कोरोना संक्रमितको संख्या बढ्दै गएपछि रौतहटका स्थानिय तहहरु धमाधाम बन्द हुन् थालेको छ l आइतवार रौतहटको गौर , राजापुर , गढिमाई लगायतका नगरपालिकाहरुले सुचना जारि गर्दै कार्यालयको आन्तरिक र अति आवस्यक बाहेकका सम्पुर्ण सेवा अर्को सुचना नहुन्जेल सम्मको लागि स्थगन गरिएको जनाएको छ l पालिकाहरुले कोरोना संक्रमणको डर उच्चतम बिन्दुमा पुगेको तथा केहि कर्मचारीहरुमा कोरोना संगै मिल्दो जुल्दो लक्षण देखिएकोले कार्यालय बन्द गरिएको जनाएको छ l यस अघि चंद्रपुर , कटहरिया र माधव नारायण नगरपालिकाले समेत आ आफ्नो कार्यालयको सेवा बन्द गरेको थियो l सो पालिकाहरुले नगर क्षेत्र भित्र लाग्ने हाट बजारलाई पनि बन्द गर्न भनिसकेको छ l जिल्लाका सम्पर्ण शैक्षिक संस्थान पजिले देखिने बन्द रहेको छ l

Recommended For You

Leave a Reply