आपतकालीन स्वास्थ्य तथा स्वच्छता सामाग्री सहयोग

१९ जेठ २०७८
विश्वव्यापी कोभिड भेरियन्ट महामारीको उपचार तथा रोकथामका लागि ग्रामीण विकास केन्द्रले
बिभिन्न स्वास्थ्य संस्थालाई प्रदान गर्दै आएको सहयोगलाई निरन्तर जारि राखेको छ l सोहि क्रममा (आरडीसी) नेपालले पेन्नी अपिलको सहयोगमा अक्सिजन सिलिण्डरसहित विभिन्न स्वास्थ्य सामाग्रीहरु रौतहट जिल्लाका गौर तथा चन्द्रपुर नगरपालिकालाई हस्तान्तरण गरेको छ । महामारीबाट बच्न र बचाउने उद्देश्यले आवश्यक स्वास्थ्य सामाग्रीहरु वितरण गरिएको कार्यकारी निर्देशक आलोक कुमार सिंहले बताउनु भएको छ l
सुरक्षा सतर्कता र सामाजिक दुरी कायम गर्दै आरडीसीका अध्यक्ष पारस हुसेन र ले गौर नगरपालिका मेयर अजय कुमार गुप्ता तथा चन्द्रपुर नगरपालिकाका मेयर रामचन्द्र चौधरीलाई सामाग्रीहरु हस्तान्तरण गर्नुभएको हो । पेन्नी अपिलको सहयोगमा आरडीसी नेपालले अक्सिजन भरेका १५ ओटा सिलिण्डर, ६० थान अक्सिमिटर, ४ थान थर्मल गन, ५० थान पीपीई सेट, ५०० थान केएन ९५ मास्क, ५०० प्याकेट सर्जिकल मास्क, ५५० थान सेनिटाईजर, ३१६ थान हैण्डवास तथा २५०० पीसहातधुने साबुन हस्तान्तरण गरेको छ ।
जिल्लाभरी कोभिड संक्रमितको उपचार तथा सुरक्षाका लागि आवश्यकता अनुसार यी सामाग्रीहरु गौर र चन्द्रपुर स्थित कोभिड अस्पताल÷आइसोलेसन लाई हस्तान्तरण गरिएको हो । यी सामग्रीहरुले निश्चय पनि यस महासंकटको समयमा सहयोग पु¥याउने मन्तव्य राख्दै मेयर अजय कुमार गुप्ता तथा रामचन्द्र चौधरीले सहयोगी सँस्था ग्रामीण विकास केन्द्र नेपाल रपेन्नी अपिललाई धन्यवाद दिनुभयो ।

Recommended For You

Leave a Reply